+
+
Shares

परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १२:५२
फाइल फोटो

१३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने तालिका छ ।

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता गरेका थिए ।

महासभालाई असोज ८ गते सम्बोधन गरेका प्रधानमन्त्री बालेन शाह भने १० गते नै स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?