१३ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा विश्वविजेता अस्ट्रेलियन क्रिकेट टोली एक स्थान खस्किएको छ ।
आईसीसीले अद्यावधि गरेको नयाँ वरीयताअनुसार अस्ट्रेलिया चौथो स्थानबाट पाँचौं स्थानमा झर्दा पाकिस्तान चौथोमा उक्लिएको छ ।
यद्यपी अस्ट्रेलिया र पाकिस्तानको रेटिङ अंक भने समान १०० रहेको छ । अस्ट्रेलियाले हाल दक्षिण अफ्रिकासँग शृङ्खला खेलिरहेको छ र २ खेलमा पराजित भइसकेको छ ।
यता इंग्ल्यान्डले पनि एक स्थान सुभार गर्दै छैटौं स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले श्रीलंकासँग ओडीआई शृङ्खला खेलिरहेको छ र पहिलो खेल जित्दा दोस्रोमा पराजित भएको थियो ।
इंग्ल्यान्ड र श्रीलंकाको पनि रेटिङ अंक समान ९५ नै छ ।
ओडीआई वरीयताको शीर्षस्थानमा भारत यथावत् छ भने दोस्रोमा न्युजिल्यान्ड र तेस्रोमा दक्षिण अफ्रिका यथावत् छन् ।
खेलाडीहरूको वरीयता भने बुधबार अद्यावधि हुनेछ ।
प्रतिक्रिया 4