Comments Add Comment

नम्रतालाई भेट्न लाहुरे किन गए पोखरा ?

namrata-and-lahure-in-pokhara

‘ताण्डव’ डेब्यू कलाकार लाहुरे र नायिका नम्रता श्रेष्ठको चर्चा गसिप बजारमा विस्तारै चल्दैछ । नम्रता र लाहुरको निकटता सिनेमाको छायांकनदेखि नै सुरु भएको हो । तर अहिले यिनीहरु निक्कै नजिक भएको वुझिन्छ ।

हालै मात्र पोखरामा छायांकनका क्रममा रहेकी नायिका श्रेष्ठलाई भेट्न लाहुरे पुगेपछि बजार गर्माएको छ । प्रशान्त रसाइलीको छोटो फिल्ममा काम गरिरहेकी नम्रतालाई भेट्न लाहुरे पुगेका हुन् ।

छायांकन सेटमा नम्रता र लाहुरको दोस्ती जमेको देखियो । श्रोत भन्छ, ‘नम्रता र लाहुरेको निकटता निक्कै नै बढेको छ । दुई जनाले एक अर्कालाई खुबै रुचाउँछन् । यो जोडीको निकटताको चर्चा ‘ताण्डव’ चलाउने तरिका पनि हुनसक्छ । तर पनि प्रेम घलेसँग टाढा भएकी नम्रता लाहुरेसँग नजिक भएकी त होइनन्, गसिप बजारले चर्चा सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment