Comments Add Comment

निरज र पुजनाको ‘चिहान’

niraja-and-pujana

असार २० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘चिहान’को निर्माणपक्ष अहिले प्रचारप्रसारमा व्यस्त छ । निरज बराल र पुजना स्त्रि चलचित्रका मुख्य कलाकार हुन् । चलचित्रलाई लेखन तथा निर्देशन बद्रीकृष्ण श्रेष्ठले गरेका हुन् । चलचित्रले मान्छे माटोको नै खिलौना भएको भन्दै सबैलाई माया गर्न आग्रह गरेको छ ।

चलचित्रमा विरेन्द्र भट्टको छायांकन, साजन श्रेष्ठको सम्पादन, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको एक्सन छ ।

चलचित्रलाई रमेश थापा र मेनुका श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रलाई मिहिनेत गरेर बनाएको भन्दै निर्देशक श्रेष्ठले दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । चलचित्रलाई सुरुवातमा असार २७ गते प्रदर्शनमा ल्याउने निर्माणपक्षले जनाएको थियो । तर एक साता वर सरेपछि निर्माणपक्ष प्रचारमा दौडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment