Comments Add Comment

फेरि अर्को अवार्ड, उत्कृष्ट नायिकामा छैनन् नम्रता

nepali-kalakar
नेपाल चलचित्र नृत्यकार संघले ३५ विधा समेटेर अवार्डको आयोजना गर्ने भएको छ । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा ३५ विधामा पर्न सफल चलचित्रकर्मी र सिनेमाको नाम सार्वजनिक गरिएको छ ।

नृत्यकार संघले भदौमा अवार्ड गर्ने जनाएपनि मिति तय गरेको छैन । अवार्डको उत्कृष्ट अभिनेता विधामा सौगात मल्ल, आर्यन सिग्देल, विरेन श्रेष्ठ, नवल खड्का र दयाहाङ राइ परेका छन् । उत्कृष्ट अभिनेत्रीको विधामा भने नीता ढुंगाना, केकी अधिकारी, सुमिना घिमिरे, रेखा थापा र पि्रयंका कार्कीको भिडन्त हुनेछ । गतबर्ष नायिका नम्रता श्रेष्ठ चलचित्र ‘मौन’ र ‘मेघा’बाट चर्चामा थिइन् । तर यो विधामा उनको नाम अटाएको छैन ।

सह-अभिनेत्रीको विधामा पनि नायिका पि्रयंका कार्की अटाएकी छिन् । उनको साथमा ‘यूज’की मुख्य नायिका सीमा केसी, नन्दिता केसी, वेनिशा हमाल र करिश्मा मानन्धर अटाएका छन् । सह-अभिनेताको विधामा भने सुमन सिंह, सलोन बस्नेत, गौरब पहारी, कमलमणि, राज तिमिल्सिना परेका छन् । उत्कृष्ट सिनेमाको विधामा नाई नभन्नु ल २, छ एकान छ, होस्टेल, काली र महशुश परेका छन् ।

उत्कृष्ट निर्देशकको विधामा विकास आचार्य, सविर श्रेष्ठ, दिनेश डीसी, सुदर्शन थापा, तोसियाकी इतो परेका छन् । नायिका नम्रता श्रेष्ठले अभिनय गरेका मेघा र मौनले अवार्डका लागि भाग नलिएको देखिन्छ । कारण कुनै पनि विधामा यी सिनेमाहरु परेका छैनन् । नायक राजेश हमाल र जीवन लुइटेलको नाम पनि कुनै विधामा अटाएको छैन । अध्यक्ष दिनेश पाखि्रनले अवार्डलाई भव्य र विवादरहित बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment