Comments Add Comment

कुमारीमा हट निशा, सुहाएन प्रेमिकाको भूमिका

nisha-adhikari
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’को आज कुमारी हलमा प्रेस शो आयोजना गरिएको छ । सुशिल श्रेष्ठको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो सिनेमाले औषत व्यापार गरिरहेको छ ।

चलचित्र हेर्न पत्रकारहरुको उपस्थिती बाक्लो थियो । प्रेस शोमा नायिका निशा अधिकारी, नायक बाबु बोगटी, निर्देशक नाल्बो र निर्माता श्रेष्ठ उपस्थित भएका थिए । चलचित्रले ४ जना साथी र उनीहरुको मित्रताको कुरा गर्छ ।

चलचित्रमा समावेश कमेडी पाटो र प्रस्तुतीलाई पत्रकारहरुले सकारात्मक भनेका छन् । तर पात्र छनोटमा भने निर्माणपक्षले ध्यान नदिएको देखिन्छ । चलचित्रले २ यूवा र २ यूवतीको प्रेम र रोमान्सलाई देखाउन खोजेको छ ।

सिनेमा हेर्ने धेरैजसो रंग पत्रकारहरुले नायिका निशा अधिकारीलाई दिइएको भूमिका असुहाउँदो भएको प्रतिक्रिया दिए । निशाको ड्रेसअप र पात्र अनुसारको भूमिका नसुहाएको उनीहरुको तर्क थियो ।

यस्तै, नायक बाबु बोगटीको कमेडी पाटोलाई भने रुचाइएको छ । अर्का दुई कलाकार स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकालको अभिनयमा पनि धेरै सुधार गर्नुपर्ने उनीहरुको भनाई छ । नायिका निशा अधिकारीले आफ्नो फिगरलाई मेन्टेन गर्नुपर्ने सुझाव धेरैले सिनेमा हेरिसकेपछि दिएका छन् । चलचित्रमा निशालाई दिइएको टिनएज यूवतीको भूमिका नमिलेको प्रतिक्रिया धेरैको छ ।

तर, चलचित्रको बिषयवस्तुलाई निर्देशक ‘नाल्बो’ले दर्शकको भावना अनुसार खेल्दै अगाडि बढाएकाले पनि सिनेमा एक पटक हेर्दा पैसा असुल हुने देखिन्छ । सिनेमाकोे प्रेस शोमा सहभागी हुन कुमारी हल पुगेकी निशा हट देखिएकी थिइन् ।
mero-valentine-team

nisha-babau-and-sushil

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment