Comments Add Comment

मनिषा कोइरालालार्इ भन्नुहोस् ह्याप्पी बर्थ डे, ४४ बर्षमा लागिन्

manisha-koirala3मुम्बई । अभिनेत्री मनिषा कोईरालाले शनिवारबाट ४४ बर्षमा लागेकी छिन् । सन् १९९१ मा बनेको हिन्दी फिल्म ‘सौदागर’ वाट बलिउड यात्रा सुरु गरेकी मनिषाले २२ वर्षसम्म निरन्तर काम गरिन् ।

९० को दशकमा भारतमा गरिएको सर्वेक्षणमा उनी सबैभन्दा राम्री नायिका घोषित भएकी थिईन् । बलिउडमा आफ्नो पृथक पहिचान बनाउन सफल मनिषाले केही यस्ता फिल्ममा अभिनय गरेकी छिन, जुन फिल्मले भारतका प्रतिष्ठित फिल्मी बहसमा समेत स्थान पाउने गरेको छ । सौदागर, बम्बे, दिल शे लगायत दर्जनौ फिल्ममा उनले कालजयी अभिनय प्रस्तुत गरेकी छिन् ।

बलिउड प्रवेश गर्नु अघि नेपाली फिल्म ‘फेरी भेटौंला’ मा अभिनय गरेकी मनिषाले पछिल्लो पटक दिपेन्द्र के खनाल निर्देशित ‘धर्मा’ मा मुख्य भुमिका निर्वाह गरेकी थिईन् ।
नेपाली ब्यबसायी सम्राट दाहालसंग बिबाह गरेकी मनिषाले बैबाहिक सम्बन्ध खटपट भएपछि सम्बन्ध बिच्छेद गरेकी थिईन् ।

सम्बन्ध बिच्छेद लगत्तै उनलाई पाठेघरको क्यान्सरले सताएको थियो । अमेरिकामा उपचार गरेपछि स्वस्थ भएकी मनिषा अहिले नेपाल र मुम्बइमा बस्दै आएकी छिन् । उनी माथि साहित्यकार नरेन्द्रराज प्रशाईले किताब लेख्दै छन् ।

बलिउड कमब्याकको तयारीमा रहेकी मनिषा सन् ५० र ६० दशकमा चर्चित रहेकी भारतीय अभिनेतृ मीनाकुमारीको जीवनमा अाधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment