Comments Add Comment

निर्देशनले सेयर बजारमा असर नपार्ने राष्ट्र बैंकको प्रष्टोक्ति

११ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनकाका कारण सेयर बजार घटेको भन्ने हल्ला चलिरहेका बेला राष्ट्र बैंकले आफूले ल्याएको निर्देशनले सेयर बजारमा कुनै असर नगर्ने दाबी गरेको छ ।

nrbराष्ट्र बैंकले विज्ञप्तीनै जारी गरेर वित्तीय संस्थाले सेयरमा लागनी गर्न पाउने कूल सीमामा कुनै परिवर्तन नगरिएको र आफ्नो कारणले सेयर बजारमा गिरावट नआएको प्रष्ट पारेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले अघिललो त्रैमासको कायम प्राथमिक पुँजीको १० प्रतिशतसम्म नबढ्ने गरी लगानी गर्न सक्ने व्यवस्था कायमै छ । त्यसैगरी आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसमा नबढ्नेगरी लगानी गर्नसक्ने व्यवस्थामा पनि परिवर्तन भएको छैन’ मंगलबार साँझ राजी गरेको विज्ञप्तीमा राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले गरेको कुल लगानीलाई व्यापारिक लगानी, बिक्रीका लागि उपलब्ध लगानी तथा भुक्तानी मितिसम्म धारण गर्ने गर्ने लगानी गरी तीन भागमा छुट्याउनु पर्ने एकीकृत निर्देशिकाको व्यवस्था अनुसार नै पिरिपत्र जारी गरेको जनाएको छ ।

अल्पकालमा मुल्यमा हुने परिवर्तनबाट सीमा लाग्ने र सो प्रकृतिको धितोपत्र तोकिएको सीमाभन्दा बढी धारण गरिसकेको अवधिमा सीमाभित्र ल्याउन पर्याप्त समय प्रदान गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment