१२ भदौ, काठमाडौ । केही सातादेखि मोरङ्को लेटाङ् र पथरी गाविसमा सातजनाको ज्यान जाने गरी फैलिएको रोग निपा भाइरस हुन सक्ने आशंका गरिएको छ । प्रारम्भिक अध्ययनका क्रममा चिकित्सकको टोलीले सो आशंका गरेको हो ।
एक साताको अन्तरालमा लेटङ्मा ६ जना विरामी भएकोमा चारजनाको मृत्यु भएको र पथरीमा चारजना विरामी भएकोमा तीनजनाको मृत्यु र एकजनाको पक्षघात भएको छ ।
रोग लागेको छोटो समयमा उच्च मृत्युदरसहित निपा भाइरस रोगको लक्षण देखिन थालेपछि सरकारले त्यसतर्फ अध्ययन अघि बढाएको राजधानी दैनिकले खबर छापेको छ ।
स्वास्थ्य सेवा विभाग महामारी रोग तथा नियन्त्रण महाशाखाले प्रभावितमध्ये मृत्यु हुनेको दर उच्च रहेको पाइएपछि निपा भाइरसको आशंका गरी सो सम्बन्धी अध्ययन अगाडि बढाएको जानकारी दिएको छ ।
लेटाङ् र पथरीमा गरी १० जना विरामी भएकोमा सातजनाको मृत्यु भएको, एकजनाको पक्षघात भएको र दुईजना अझै उपचारका क्रममा रहेको हुँदा पहिले भनिएको जापानिज इन्स्ˆलाइटिस नभएर निपा भाइरस भएको हुन सक्ने आशंका गरिएको हो ।
प्रतिक्रिया 4