Comments Add Comment

अाजदेखि राजधानीमा सवारी मेला, यस्ता छन् मेलामा आउने नयाँ मोटरसाइकल

yamaha-bike

नविन अर्याल

१८ भदौ, काठमाडौं । अाजदेखि राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला सुरु हुँदैछ । सवारी साधन बिक्रेताहरु मेलामा अरु भन्दा आफ्नो ब्रान्डलाई अब्बल बनाउने तयारीमा जुटिरहेका छन् ।

नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले आयोजना गर्न लागेको मेलामा अधिकांश कम्पनीहरुले नयाँ बाइक तथा गाडीहरु प्रर्दशनीमा राख्ने भएका छन् । दशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको मेलाबाट सवारी साधन बिक्रेताहरु अधिकतम लाभ उठाउने प्रसायमा देखिन्छन् ।

उपभोक्ताले मेलामा नयाँ मोडलहरु रोज्ने हुँदा व्यवसायीहरु पनि नयाँ मोडल ल्याउन प्रतिस्पर्धामा उत्रिने गर्छन् । यस पटकको मेलामा पनि अधिकांश बाइक कम्पनीहरुले नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा छन् ।

पाँच दिनसम्म चल्ने मेलामा ११ ब्रान्डका मोटरसाइकल प्रर्दशनीमा राखिने छ । मेलामा बजाज, केटीएम, हिरो, महिन्द्रा, रोयल इन्पिmल्ड, टेरा मोटर्स, यामाहा, टिभिएस, युएम लगायतका ब्रान्डेड बाइकहरु रहनेछन् ।

होण्डाका तीन मोडल

होन्डाले मेलामा नयाँ सिबिआर १५० आर प्रिमियम स्पोर्टी बाइक र एक्टीभा स्कुटर प्रर्दशनीमा राख्दै छ । यी नयाँ मोडल स्याकार टे्रडिङ प्रालीले मेलामा प्रर्दशनीमा मात्र राख्ने भएको छ । ग्राहकको प्रतिक्रियालाई आधार बनाएर नेपालमा यी मोडल बिक्रि सुरु गर्ने तयारीमा कम्पनी छ ।

Honda

सिबिआर १५० आर पि्रमियम स्पोर्टी लुक्स भएको बाइक हो । यस भन्दा अगाडी बजारमा आएको सिबिआरले ग्राहकको ध्यान तान्न सफल भएको छ । नेपाली बजारमा यसको मूल्य कति पर्नेछ भन्ने अझै तय नभएको नभएको कम्पनीका अध्यक्ष सौरभ ज्योतिले बताए । १५० सीसीको यो बाइकल आधुनिक यूवाहरुलाई लक्षित गर्दै ल्याउन लागिएको हो ।

होन्डा एक्टीभा स्कुटरमा १२५ सीसीको इञ्जिन जडान गरिएको छ । यसलाई करिव १ लाख ९० हजार रुपैयाँमा प्राप्त गर्न सकिने छ । नेपालको बाइक तथा स्कुटर बजारमा पहिलो नम्बरमा रहेको होन्डाका स्कुटरहरु अत्याधिक मन पराइएको छ ।

हिरोका ५ नयाँ मोडल आउँदै

मेलामा हिरोले पाँचवटा नयाँ मोडलहरु प्रर्दशनीमा राख्ने भएको छ । हिरोले करिज्मा आर, करिज्मा जेडएमआर, एक्स्ट्रीम स्पोर्टस् प्यासन प्रो टीआर र स्पेलेन्डर प्रो क्लासिक मेलामा सार्वजनिक गर्न लागिएको छ ।

प्यासन प्रो टीआर पूर्णतया नयाँ मोडल हो भने अन्य ४ मोडलहरु अपग्रेड भर्सन हुन् । अपग्रेड भर्सनहरु नयाँ डिजाइन, आकर्षक फिचरमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार २२३ सीसीको करिज्मा आरको २ लाख ५९ हजार, करिज्मा जेडएमआरको ३२० हजारको हारहारीमा पर्ने छ ।

Hero

एक्स्ट्रीम स्पोर्टसको मूल्य २ लाख ३३ हजारको हाराहारीमा रहेको छ । १५० सीसीको यो मोडलको अघिल्लो भर्सन ग्राहकले निकै मन पराइसकेका छन् । स्प्लेन्डर प्रो क्लासिक सय सीसीको बाइक हो । यसको मूल्य १ लाख ६४ हजार रुपैयाँ तोकिएको छ ।

प्यासन प्रो टीआर भने पूर्णतया नयाँ मोडल हो । सय सीसीको यो मोडलको मूल्य अझै आइनसकेको बज्राचार्यले बताए । यसको अलवमा हिरोnmे आई स्मार्ट, प्लेजर लगायतका मोडलहरु पनि मेलामा राख्दै छ ।

यामाह आर-६ र आर-१५ अपग्रेडेड भर्सनमा

मेलामा यामाहाले पनि नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा आर-६’ र ‘आर-१५’ न्यू रेसिङ ग्राफिक्स बाइक मेलामा प्रर्दशनी गर्ने भएको हो ।

दुबै बाइक अपग्रेडेड भर्सन भएपनि डिजाइन र सुविधाहरु परिवर्तन गरिएको छ । आर-६ मोडल ६०० सीसीको बाइक हो । हेभि बाइकका पारखीहरुलाई लक्षित गरि ल्याइउन लागेको यो बाइकको मूल्य २१ लाख रुपैयाँ भन्दा बढी पर्ने अनुमान गरिएको छ ।

Yamaha-bike

आर-१५ नेपालमा सर्वाधिक रुचाइएको बाइक हो । आर-१५ का दुबै मोडल नेपाली सडकमा अत्याधिक गुड्छन् । अपग्रेडेड भर्सनमा ल्याउन लागेको आर-१५ बाइक १५० सीसीको हो । यसको नेपालमा ३ लाख ४० हजार ९ सय रुपैयाँको हाराहारीमा पर्ने बताइएको छ ।

१५५ सीसीको सुजुकी जिक्सर

सुजुकी इन्डियाले उत्पादन गरेका सुजुकी बाइकहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको भिजी सुजुकीले मेलामा नयाँ मोडल प्रर्दशनीमा राख्ने भएको छ । कम्पनीले १५५ सीसीको सुजुकी जिक्सर बाइकल मंगलबार राजधानीमा सार्वजनिक गरेकाे छ ।

suzuki-gixxer-11

यसको मूल्य नेपालमा २ लाख ३२ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ । तर, कम्पनीले मेला तथा दशैंतिहारमा ३ हजार रुपैयाँ नगद छुट दिएर २ लाख २९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

बजाजले यस अघिकै बाइक शो गर्ने

नेपालीहरुमाझ निकै लोकप्रिय बन्न सफल भएको बजाजले हालै बिक्रि सुरु गरिएका नयाँ मोडललाई मेलामा प्रर्बद्धन गर्ने भएको छ ।

pulsar-bike
मेलाकै लागि भनेर कुनै बिशेष मोडल सार्वजनिक नगरिए पनि दशैंका लागि लक्षित गरी ल्याइएका मोडललाई प्रर्दशन गर्ने छ । बजाजले आफ्ना लोकपि्रय मोडल पल्सर प्रर्दशनीमा राख्नेछ । त्यस्तै अन्य कम मूल्यका तर धेरै उभोक्ताको रोजाईमा परेका मोडलहरु पनि बजाजले प्रर्दशनीमा राख्ने बताएको छ ।

केटीएम डुक पनि पुरानै मोडलमा

केटीएम डुकले पनि मेलामा नयाँ मोडल सार्वजनिक नगर्ने बताएको छ । पुरानै मोडल सहित मेलामा सहभागी हुन लागेको केटीएम डुकका २०० र ३९० सीसीका बाइकहरु प्रर्दशनीमा राखिने भएको छ ।

duke-bike

केटिएम डुक-२०० मोडलको ४ लाख १९ हजार ९ सय रुपैयाँ र केटिएम डुक-३९० सीसी मोडलको ५ लाख ७९ हजार ९ सय रुपैयाँ पर्छ ।

महिन्द्रा टु हृविलर्स

महिन्द्रा टु हृविलर्सले पनि मेलामा पुरानै मोडल प्रर्दशनीमा राख्ने जानकारी दिएको छ । अहिलेसम्म नयाँ बाइक तथा स्कुटर मेलामा सार्वजनिक गर्ने तयारी नभएको बताउँदै कम्पनीले पुराना ५ मोडल प्रर्दशनीमा राख्ने जानकारी दियो ।

कम्पनीले ३ वटा स्कुटर र २ वटा बाइक प्रर्दशनीमा राख्ने भएको छ । १२५ सीसी क्षमताका रोडियो, ड्यूरो डिजेड र फ्लाइट स्कुटर तथा ११० सीसीको सेन्चुरो र पेन्टुरो बाइक कम्पनीले प्रर्दशनीमा राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment