+
+

कलर्सका दुई नयाँ मोबाइल बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १ गते १८:१६

colours-mobileकाठमाडौं । कलर्सका दुई नयाँ मोडलका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

नेपालका लागि कलर्सको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘एक्स२१’ र ‘एक्स२६’ वेभ नामका दुई मोबाइल बजारमा ल्याएको हो ।

एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा चल्ने यी दुवै स्मार्ट फोनमा एकै पटक दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।

‘एक्स२६’ वेभमा ४ इन्चको एलसीडी स्त्रिmन रहेको छ । यसमा २ मेगापिक्सलको रियर र शून्य दशमलव ३ मेगापिक्सलको प|mन्ट क्यामेरा रहेको छ ।

२ सय ५६ एमबी र्‍यामसमेत रहेको यस मोबाइलको मूल्य ६ हजार ४ सय ९५ रुपियाँ तोकिएको छ ।

त्यस्तै ‘एक्स२१’ वेभ मोबाइलमा ३ मेगापिक्सलको रियर र शून्य दशमलव ३ मेगा पिक्सलको प|mन्ट क्यामेरा रहेको छ । २ जीबीको मेमोरी तथा २ सय ५६ एमबीको र्‍याम रहेको यस मोबाइलको मूल्य ५ हजार ७ सय ९५ रुपियाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?