Comments Add Comment

ग्ल्यामर बनाउन खोज्दा भल्गर बनाइ दिन्छन्ः अर्जुन पोखरेल

Arjun-Pokhrel
तीन दर्जन भन्दा बढी चलचित्रमा संगीत गरेका छन् अर्जुन पोखरेलले । पछिल्लो समयका उम्दा संगीतकार भनेर चिनिने अर्जुनले गरेका केही संगीतले राम्रै चर्चा पाएको छ । मुलुकको समग्र स्थितीको प्रभाव चलचित्र संगीतमा पनि परेको महसुस् गरेका छन् उनले ।

पछल्लो समय चलचित्रमा संगीतको महत्व बुझ्ने निर्देशक बढ्दै गएको महसुस् गरेका अर्जुन नेपाली फिल्मप्रति आशावादी छन् । अझै पनि धेरै निर्माताको सोच सिआरबीटिमा केन्दि्रत भएकोमा भने दुखी छन् । ‘धेरै जसो निर्माताहरु अहिले पनि सिआरबिटीवाटै संगीतको खर्च उठाउनुपर्ने मान्यता राख्नुहुन्छ । यो ठिक होईन ।’ उनले भने ।

लोक, आधुनिक र कतिपय अवस्थामा पप समेतले लगानी उठाउने आधार सिआरबीटिलाइ बनाउन थालेका छन् अचेल । अर्जुनको भनाई अनुसार राम्रो संगीत सिर्जना गर्ने हो भने कहाँवाट उठाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुहुन्न । कुनै पनि चलचित्रको विषयमा डुबेर संगीतकारलाइ काम गर्ने अवसर दिनुपर्ने उनको मान्यता छ ।

पहिलाका गीत मेलोडियस

अहिलेका चलेका संगीतकार हुन् अर्जुन तर, पनि घमण्ड गर्दैनन् उनि आफ्ना सिर्जनाप्रति । उनको भनाइ अनुसार पुराना संगीतकारले जस्तो मेलोडिस गीत सिर्जना गर्न सकेका छैनन् अहिलेका संगीतकारले ।
रजनीत गजमेर, शम्भुजीत बासकोटा, शक्ति बल्लभ लगायतका संगीतकारले चलचित्रमा संगीत गर्दा हरेक गीत मेलोडियस भएको अनुभुति गरेका अर्जुन अहिलेका निर्माताहरु समेत संगीत शीर्षकमा खर्च जोगाउने अभियानमा रहेको बताउछन् ।

‘अहिले धेरै निर्माताहरु थोरै पैसामै संगीतको काम सकाउने अभियानमा हुनुहुन्छ । थोरै पैसामा धेरै राम्रो सम्भव हुदैन ।’ उनले भने । संगीतको महत्वलाइ निर्माता समेतले बुझ्नुपर्ने उनको बुझाई छ ।

भारतीय गीतसंग सिधै प्रतिस्पर्धा

नेपालमा कुनै पनि भारतीय सिनेमा सहजै प्रदर्शन हुने गरेको छ । फिल्मको सहज प्रभाव भएपछि गीतको वारेमा सोधिरहनै परेन । त्यसको मार नेपाली संगीतमा परे जस्तो लाग्छ पोखरेललाई ।

उनको भनाई अनुसार । धेरै दर्शकले हिन्दी र नेपाली फिल्मलाई सिधै तुलना गरिदिन्छन् । हिन्दी फिल्म र नेपाली फिल्मको बजेट विचमा आकाश जमिनको फरक भएको बताउदै अर्जुन आग्रहको भाषामा भन्छन ‘हामी सिमित बजेटमा काम गर्छौ त्यसकारण भारतीयसंग तुलना गरिदिंदा हामी आन्यायमा पर्छौ ।’

ग्ल्यामर बनाउन खोज्दा भल्गर

केही गीतका भिडियो एवं फिल्मका भिडियोको भल्गर हुँदा त्यसको असर संगीतकार र गायकमा समेत पर्ने गरेको छ । यदि गीतको शब्द नै अपाच्य छ भने संगीतकार एवं गायक गायिकाको आलोचना हुनु स्वभाविक हो । तर, हामी कहाँ भिडियोको कारण पनि संगीतकारको समेत आलोचना हुने गर्छ ।

अर्जुनले पनि यस्ता आरोप पटक पटक झेलेका छन् । कतिपय भिडियो निर्देशकले ग्ल्यारम बनाउन खोज्दा भल्गर भएको बुझेका अर्जुन त्यस्तो बेलामा बोर हुने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment