+
+
Shares

प्रियंका चाेपडालाई कसले भन्यो, ‘अन्डरवेयर देखाउनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते १२:०७

priyanka-chopra
बलिउडमा नायिकाहरु यतिबेला विभिन्न किस्साहरुको बिषयमा खुलेरै कुरा गर्न थालेका छन् । हालै मात्र नायिका दीपिका पादुकोणले क्लिभेज प्रकरणमा खुलेरै बोलेकी थिइन् । अब, अर्की एक नायिकाले पनि यस्तै एक बिषयमा मुख खोलेकी छिन् ।

एक सिनेमाका निर्देशकले आफूलाई चर्चा पाउनका लागि अन्डरवेयर देखाउनुपर्छ भनेको नायिका प्रियंका चोपडाले खुलासा गरिदिएकी हुन् । तर, उनले चलचित्र र निर्देशकको नाम भने खुलाएकी छैनन् ।

उनले अन्डरवेयर लगाउनु पर्छ भनेपछि आफूले सिनेमा नै नगरेको बताएकी छिन् । भित्री बस्त्र देखाएपछि धेरैको आकर्षण गीतमा बढ्ने सोचाई निर्देशकको रहेको प्रियंकाले खुलाएकी हुन् । ट्विटर इन्टरभ्यूमा नायिका चोपडाको यस्तो खुलासा बाहिर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?