+
+
Shares

महिलालाई दिसा खुवाइयो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १२:०२

२३ असोज, बाबियाचौर । म्याग्दी सदरमुकाम बेनीकी एक महिलालाई आफन्तहरुले नै दुर्व्यहार गर्दै मलमुत्र खुवाएका छन् ।

बेनी नगरपालिका-७ क्याम्पस चोककी बानियाँ थरकी महिलालाई मैती थापा र विस्सु केसीले दिसा खुवाइदिएका हुन् । थापा र केसीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ ।

आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्नेबेला बानियाँले अपशब्द प्रयोग गरेकाले मलमुत्र खुवाएको उनीहरुले सञ्चारकर्मी सामू स्वीकारेका छन् ।

पीडितका श्रीमानले एक वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा बोक्सीको आरोप लगाएपछि उनीहरुबीच मनमुटाव भएको थियो । सोही विषयलाई लिएर उनीहरुले बानियाँलाई मलमुत्र खुवाएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?