+
+
Shares

हिसानका महासचिव प्रहरी हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १२:५८

२६ असोज, काठमाडौं । उच्चमाध्यमिक विद्यालय संघ (हिसान) का महासचिव तथा मध्यबानेश्वरस्थित हृवाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारको विवादमा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले हिरासतमा लिएको छ ।

मीनभवनस्थित हृवाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार केही पूर्वसञ्चालकले पाउनुपर्ने रकम नपाएको भन्ने उजुरीक दिएपछि प्रहरीले उनलाई बाफलस्थित निबासबाट हिरासतमा लिएको हो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले शर्मालाई सोधपुछका क्रममा ल्याइएको र उजुरीकर्ता पक्षसँग छलफल गरी थप कारबाही अघि बढाइने जानकारी दिए ।

हिसानका उपाध्यक्ष रमेश सिलवालले लेनदेनका विवादमा सोधपुछका लागि शर्मालाई हनुमानढोकमा लगिएको तर, विवाद मिलाउन उजुरीकर्ता उपस्थित नभएको बताए ।

पीडित पक्षका पूर्वसञ्चालक रघुराम विष्टले आफूहरूले शर्माबाट पाउनुपर्ने पाँच करोड बक्यौता रहेको जिकिर गरेका छन् ।

विवादका विषयमा उच्चमाध्यमिक शिक्षा परिषद्ले विद्यमान कानुनमा कलेज (उमावि) लाई खरिद विक्री गर्न नमिल्ने भएकाले त्यस्तो कार्य नगर्न दुवै कलेजलाई ध्यानाकर्षण गराई सम्पत्तिसम्बन्धी विषयमा थप छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कागजात पठाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?