Comments Add Comment

स्याउमा चिनीको मात्रा उच्च, स्वास्थ्यका लागि हानिकारक

Jumli Appleस्याउको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै लाभदायी भएको तथ्य सबैलाई थाहा नै छ । तर पछिल्लो एक अध्ययनले भने स्याउमा चिनीको मात्रा उच्च हुने भएकाले बढि स्याउ खानु स्वास्थ्यका लागि हानिकारक हुने देखाएको छ ।

अध्ययन अनुसार एक गिलास स्याउको जुसमा झण्डै ७ चिया चम्चा बराबर चिनीको मात्रा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक वयस्क मानिसलाई एक दिनमा ६ चिया चम्चा चिनी पर्याप्त हुन्छ र त्यसभन्दा बढि चिनीको सेवन हानिकारक हुन्छ । यस अर्थमा दिनमा एक गिलास वा सो भन्दा बढि स्याउको जुस पिउदा सरीरमा चाहिने भन्दा बढि चिनीको आपूर्ति हुन गई त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउने जोखिम हुन्छ ।

बेलायतको बहुराष्ट्रिय स्वास्थ्य विमा कम्पनी बुपाले गरेकेा सर्भेक्षण अनुसार ९० प्रतिशत भन्दा बढि मानिसलाई स्याउमा यति ठूलो मात्रामा चिनी हुन्छ भन्ने कुरा थाहा छैन ।

विज्ञहरुका अनुसार मानिसको खानामा बढि चिनीको मात्रा भएमा त्यसले खासगरी बच्चाको स्वास्थ्यलाई बिगार्ने र मुटुरोग, मधुमेह तथा दाँत कुहिने र मोटोपना जस्ता समस्या पैदा गर्छ । विज्ञहरुका अनुसार मुटुरोगका लागि सुर्तिजत्तिकै चिनी पनि खतरानाक हुन्छ ।

स्मरण रहोस् विश्व स्वास्थ्य संगठनले यो वर्षको सुरुमा एक निर्देशिका जारी गर्दै मानिसहरुलाई दिनको १२ चिया चम्चा भन्दा बढि चिनी नखान र चिनीको सेवन दैनिक ६ चिया चम्चामा सिमित राख्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment