Comments Add Comment

२२ दलको सभा लिम्बुवानका सर्वोच्च नेताबाटै बहिस्कार

Limbu-party

  • फाइल तस्वीर: पार्टी एकताको घोषणा गर्दा एकसाथ लिम्बुवानका पाँच नेता

१७ कात्तिक, झापा । एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित २२ दलीय मोर्चाले पाँचथरको फिदिममा आयोजना गर्न लागेको आमसभा संघीय लिम्बुवान पार्टीका सर्वोच्च नेताहरुले बहिस्कार गर्ने भएका छन् ।

प्रचण्डसँग सहकार्य गर्न हुन्छ या हुँदैन भन्ने विषयमा विवाद उत्पन्न भएपछि लिम्बुवान पार्टीका सर्वोच्च नेताहरु मंगलबार हुने आमसभामा नजाने भएका हुन् ।

आमसभामा सहभागी हुन एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम नेता विजयकुमार गच्छदार, उपेन्द्र यादव र सामाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा पाँचथरमा भेला हुने संघीय लिम्वुवानका अध्यक्ष कुमार लिङदेनले अनलाइनखबरलाई बताए ।

‘तर, फिदिममा आयोजना गरिने २२ दलको आमसभामा लिम्बुवान पार्टीका तीनैजना सर्वोच्च नेता र बरिष्ठ उपाध्यक्ष सहभागी हुँदैनन्,’ लिम्बुवान पार्टीका एक नेताले अनलाइनखबरसँग भने, ‘पार्टीको निर्णयविनै अध्यक्ष कुमार लिङदेनले प्रचण्डसँग मोर्चाबन्दी गरेकाले यस्तो कार्यक्रममा जाँदा लिङदेनको स्वेच्छाचारितालाई फाइदा पुग्छ ।’

वीर नेम्वाङ
वीर नेम्वाङ

आमसभा बहिस्कार गर्नेहरुमा संघीय लिम्बुवान पार्टीका सर्वमान्य नेता वीर नेम्वाङ, बरिष्ठ नेता सञ्जुहाङ पालुङवा, सर्वोच्च नेता कमल छाराहाङ र बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुङबाङलगायत छन् ।

सभामा शीर्षतहबाट पार्टी अध्यक्ष कुमार लिङदेनमात्रै सहभागी हुने बताइएको छ । केसी साताअघि इटहरीमा भएको सभामा कुमार लिङलेनले सञ्जुहाङ पालुङ्वालाई अध्यक्षता गर्न आग्रह गर्दा उनले पार्टीको निर्णयविना २२ दलको कार्यक्रममा सहभागी नहुने भन्दै अस्वीकार गरेका थिए ।

‘कुमार लिङदेनले हामीसँग सल्लाह नगरी पार्टी चलाउन खोजे, सर्वमान्य नेता वीर नेम्वाङले अनलाइनखबरसँग भने, म दसैंमा दार्जीलिङ गएका बेला पार्टीमा निर्णय नगरी  २२ दलको मोर्चामा हस्ताक्षर गरेछन् ।’

पाँचवटा पार्टीवीच एकता भई संघीय लिबुवान पार्टी गठन भएपछि स्वतन्त्र लिम्बुवान आन्दोलन गर्नुपर्ने नेम्वाङले बताए । अध्यक्ष लिङदेनले प्रचण्डको मोर्चासँग मिलेर लिम्बुवानको स्वतन्त्र आन्दोलन छायाँमा पारेको नेम्वाङको आरोप छ ।

लिङदेनले काठमाडौंको २२ दलको सभामा सिंहदरबार भत्काउनुपर्छ भन्दै भाषण गरेका थिए ।

‘हामीले कुमार लिङदेनलाई दयामायाले अध्यक्ष पद दिएका हौं,’ वीर नेम्वाङले भने-अध्यक्षको असक्षमता देखिएकाले अब चाँडै महाधिवेशन गर्नुपर्छ ।’

केही महिनाअघिमात्रै धनकुटाको भेडेटारमा सम्पन्न आवासीय वार्तापछि पाँचवटा लिम्बुवान समूहबीच एकता भई संघीय लिम्बुवान पार्टी नेपाल गठन भएको हो ।

कुमार लिङदेन भन्छन्- सञ्जुहाङको पनि हस्ताक्षर छ

kumar lingdelसंघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङलेनले २२ दलीय मोर्चा गठनबारे पार्टीभित्र कुनै विवाद नरहेको अनलाइनखबरलाई बताए ।

सिंहदरबारमा भएको २२ दलीय माेर्चा गठनको माइन्युटमा बरिष्ठ नेता सञ्जुहाङ पालुङको समेत हस्ताक्षर रहेको लिङलेनले बताए ।

‘आमसभामा अध्यक्षहरु मात्रै बोल्ने भएपछि उहाँहरुलाई पालो नआएजस्तो लागेको छ,’ लिङदेनले भने, यो विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या मात्रै हो, पार्टीभित्र अरु मतभेद छैन ।’

यसैवीच सोमबार अध्यक्ष लिङदेन र बरिष्ठ नेता पालुङवाको संयुक्त हस्ताक्षरमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र लेख्दै लिम्बुवानसँग विगतमा गरिएको सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने उल्लेख गरिएको छ । विज्ञप्तिमा एक दिने लिम्बुवान बन्दको समेत  घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment