Comments Add Comment

नाटकमा नम्रता श्रेष्ठ, बढ्दैछ कलाकारको आकर्षण

Namrata darling

नेपाली चलचित्रका कलाकारहरुलाई रंगमञ्चको आकर्षणले तान्न थालेको छ । उसो त रंगमञ्चमा काम गर्ने धेरै कलाकार चलचित्रको पर्दामा पनि देखिएका छन् । नायक राजेश हमालले केही समयअघि एक नाटकमा काम गरेका थिए । यो नाटकले सर्वाधिक कमाइको रेकर्ड पनि राखेको थियो । नाटकमा दर्शकको क्रेज बढ्न थालेपछि चलचित्रको पर्दामा देखिने कलाकारहरु यसप्रति आकषिर्त भएका हुन् ।

यसैक्रममा, नायिका नम्रता श्रेष्ठले दोश्रो पटक एक नाटकमा अभिनय गर्ने भएकी छिन् । लाजिम्पाटमा रहेको थिएटर भिलेजमा मञ्चन हुने नाटक ‘यामा’मा उनी मुख्य पात्रको रुपमा देखिनेछिन् । नम्रताको अभिनयलाई पर्दामा हेर्दै आएका दर्शकले अब उनीसँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।

सन् १९३६ मा फेडेरिको गोर्सिया लोर्काले निर्देशन गरेको यो नाटकलाई विमल सुवेदीले नेपाली परिवेशमा ढालेका हुन् । पश्चिमका विभिन्न देशमा भेडा पाल्ने परिवारको कथा यो नाटकले बोल्नेछ । भेडा पाल्ने महिला र छोराछोरी चाहिने समाजको मनोविज्ञानविरुद्धको संघर्षलाई नाटकमा देखाइने निर्देशक विमल सुवेदीको भनाई छ । नम्रताले यसअघि अनुप बरालले निर्देशन गरेको एक नाटकमा काम गरेकी थिइन् ।

नोभेम्बर २८ बाट नाटकको मञ्चन हुने छ । डिसेम्बरको पहिलो सातासम्म नाटक देखाइने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment