+
+

एक दिन कुचो लाउँदैमा भारत स्वच्छ हुन्नः अमिर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १०:०१

amir-khan
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा बलिउड सेलिब्रेटीहरु धमाधम कुचो समाएर फोहोर सफा गरिरहेका छन् । अमिताभ बच्चनदेखि नव कलाकारहरु यो अभियानमा सामेल छन् ।
तर, अभिनेता अमिर खानले एक दिन हातमा कुचो लिएर सडक बढार्दैमा स्वच्छ भारत सम्भव नहुने बताएका छन् । उनले भने-‘सेलीब्रेटीलाई हातमा कुचो थमाएर मात्रै स्वच्छ भारत सम्भव छैन ।’
भारत आफैमा विशाल मुलुक भएको भन्दै आम नागरिक यो अभियानमा सहभागी हुनुपर्ने उनको तर्क छ । गाउँदेखी शहरसम्मका मान्छे हातमा कुचो लिएर आफ्नो ठाउँ सफा गर्न निस्किएमात्र स्वच्छ भारत अभियान सम्भव रहेको उनको भनाई छ ।
अघिल्लो महिना सुरु भएको ‘स्वच्छ भारत अभियानमा सहभागी भएका ४९ वषिर्य यी अभिनेताले भने ‘हाम्रो प्रधानमन्त्रीले राम्रो कामको सुरुवात गर्नु भएको हो तर, केबल सेलीब्रेटीलाई मात्रै प्रयोग गरेर हुन्न ।’ उनको भनाइ अनुसार स्वच्छ भारत आफैमा महान अभियान हो । यो अभियान पूरा गर्न सबै पक्ष डटेर लाग्नुपर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?