Comments Add Comment

बन्दुक ताक्दै रेखाको ‘तथास्तु’ (भिडियो)

rekha-thapa

नायिका रेखा थापाका लागि ‘तथास्तु’ चलचित्र विशेष छ । कारण, उनलाई आफ्नै होम प्रोडक्शनमा बनेका चलचित्रले मात्र राम्रो व्यापार गर्छन् भन्ने आरोप लाग्ने गरेको छ । यसैले पनि सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका लागि रेखा कस्सिएकी छिन् ।

पौष २५ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रमा रेखाका अलवा किशोर खतिवडा, नव–कलाकार विज्ञान जोशीको अभिनय छ । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रामहरी धितालको निर्माण छ । वसन्तले संगीत भरेको ‘कहिले माया’ बोलको गीत अहिले चर्चामा छ ।

चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माणपक्षले प्रचार अगाडि बढाएको हो । प्रचारमा चर्चित गीत ‘कहिले माया’ र रेखाको शिर्ष संवाद मात्र प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment