+
+

सुजातालाई कारवाही गर्नेबारे कांग्रेस बैठक निश्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २६ गते १९:२४

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले अनुशासन समितिले कारवाहीका लागि गरेको सिफारिसबारे कुनै निर्णय गर्न सकेन ।

sujata koiralaप्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केही नेताहरुले अनुशासन समितिको सिफारिसमाथि नै प्रश्न उठाएका छन् । ‘कारवाही गर्नुपर्नेलाई नभएको जस्तो, नगर्नुपर्नेलाई भएको जस्तो देखिन्छ, कतै यो पूर्वाग्रही ढंगबाट त आएको छैन भन्ने प्रश्न पनि उठेको छ’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

बैठकमा नेताहरुले अनुशासन समितिको सिफारिसमा पुनरावलोकनका लागि निवेदन दिएका छन् भन्ने जानकारी गराउन माग गरेका छन् ।

बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निर्णयमा परेका पुनरावेदनबारे आगामी बैठकबाट निर्णय गर्ने निर्णय गरेको छ । तर, अर्को बैठकको मिति तोकिएको छैन ।

केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख सुजाता कोइरालालाई समेत कारवाही गर्न सिफारिस गरेपछि अनुशासन समितिको सिफारिस चर्चा र विवादमा छन् ।

क्रियाशील सदस्यताको म्याद थप

बैठकले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता जिल्लाले बुझाइसक्नुपर्ने म्याद पुष मसान्तभित्र थप गरेको छ । क्रियाशील सदस्यता नयाँ प्रदान गर्दा महिला तथा दलित समुदायलाई विशेष प्राथमिकतामा दिइने कांग्रेसले जनाएको छ ।

बैठकले नयाँ नगरपालिकाभित्र परेका पहिलेका नगरपालिका तथा गा.वि.स.मा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्दा पहिलेकै गाउँ कार्यसमिति तथा नगर कार्यसमितिहरुले आ-आˆनो पहिलेको क्षेत्रभित्र रही गर्नुपर्ने निर्णय गरेको छ ।

संविधान निर्माणको अग्रता लिने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको छ । पार्टीले संविधान निर्माणलाई प्राथमिकता नदिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

कांग्रेसले सवारी दुर्घटना रोक्न के कस्तो कानूनी एवं व्यवहारिक उपायहरु अवलम्वन गर्न आवश्यक छ, अध्ययन गरी ठोस नीति ल्याउन सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?