Comments Add Comment

राजेशले भने–‘केटी फ्यान होस् भनेर धेरै गायक बन्छन्’

misran-bimochan
गायक राजेशपायल राइलाई आफ्नो आदर्श मान्ने मनोज महत्तोले ‘मिश्रण’ एल्बम उनकै हातबाट सार्वजनिक गरेका छन् । राजेशको साथमा संगीतकारहरु महेश खड्का, लक्ष्मण शेष, बसन्त सापकोटा र गायक मनोजले एल्बमको बिमोचन गरेका थिए ।

कार्यक्रममा चितवन घर भई हाल दुबई बस्दै आएका नव–गायक मनोजले ब्रेन ट्यूमरको उपचार गरेर घरमै आराम गरिरहेका पत्रकार सूर्यकुमार श्रेत्रीलाई १० हजार आर्थिक सहयोग पनि गरे । कार्यक्रममा बोल्दै गायक राइले धेरै नव–गायकहरु केटी फ्यान होस् भन्ने चाहनाले यो क्षेत्रमा आएको खुलाए । वि.सं २०५९ सालमा मैथिली गीत गाएर सांगीतिक करिअर सुरु गरेका महत्तोले केही नेपाली चलचित्रमा पनि आवाज दिएका छन् ।

उनको एल्बममा ‘चोली ल्याउछु, नक्कली रैछौ, के सोचेको, तिमी मेरो, अप्ठ्यारो बाटो, तिम्रो जवानीको, स्वर्ग भन्दा सुन्दर’ लगायतका गीत छन् । गीतमा साजन शाह, लेखु सहयात्री, कुमार विवाहित, शित्तल कादम्बिनी, अर्जुन अन्यौल र बजरंग तिवारीको शब्द छ । एल्बममा समावेश गीतमा साजन शाह, बसन्त सापकोटा, राज सागर र मनोजले संगीत दिएका छन् । कार्यक्रममा एल्बममा समावेश ४ वटा गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment