Comments Add Comment

स्वान्सीविरुद्ध लिभरपुलको जित

Adam lallana

१५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा स्वान्सीलाई पराजित गर्दै लिभरपुलले सन् २०१४ को सुखद विदाइ गरेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलले स्वान्सीलाई ४–१ ले पराजित गरेको हो । जितसँगै लिभरपुल शीर्ष चारमा नजिक पुगेको छ । उसको १९ खेलबाट २८ अंक भएको छ भने चौथो स्थानमा रहेको साउथह्याम्पटनको ३३ अंक छ ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले मोरेनोको गोलबाट ३३ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा एडम लेलानाले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको एक मिनेटमा नै सिगुड्सनले गोल गर्दै स्वान्सीलाई खेलमा फर्कने संकेत दिए । तर, ६१ औं मिनेटमा लेलानाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए ।

खेलको ६९ औं मिनेटमा स्वान्सीका सेल्भीले आत्मघाती गोल गरेपछि लिभरपुल ४–१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment