+

रोनाल्डोले खोले कपाल रोप्ने क्लिनिक

२०७५ चैत  ५ गते १४:२८ २०७५ चैत ५ गते १४:२८
रोनाल्डोले खोले कपाल रोप्ने क्लिनिक

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनमा कपाल प्रत्यारोपण क्लिनिक स्थापना गरेका छन् ।

आफ्नो क्लिनिकले स्पेनिस जनता र देशको अर्थतन्त्र दुवैलाई सहयोग गर्ने दाबी गरेका छन् । इस्पार्‍या ग्रुपसँग गाँसिएको कम्पनीमा पोर्चुगिज स्टारको ५० प्रतिशत सेयर छ ।

कम्पनीको उद्घाटन समारोहमा रोनाल्डोले भने, ‘तालु खुइलिने समस्या यूरोप र सम्पूर्ण विश्वमा निकै बढेको छ । हामी यस्ता मानिसहरुलाई उनीहरुको आत्मसम्मान फर्काउन मद्दत गर्नेछौं ।’

उनले अगाडि थपे, ‘सबै व्यक्तिहरु आफ्नो लुक्समा चनाखो हुन्छ, जसको प्रष्ट उदाहरण म आफैं हुँ । त्यसैले जब पाउलो (ग्रुपका सीईओ रामोस) ले आफ्नो प्रोजेक्टका विषयमा भने, मैले तत्कालै महसुस गरेँ कि यो केही मौलिक काम हुनेछ । हामी यो प्रोजेक्टको माध्यमबाट स्पेनिस जनता र यहाँको अर्थतन्त्रलाई ठेवा पुर्‍याउन सक्छौं ।’

इस्पार्‍या ग्रुपको पोर्चुगलमा १० वटा क्लीनिकहरु र ३५ हजार ट्रान्सप्लान्टहरु छन् । यसको उपचारका लागि ४ हजार देखि ७ हजार यूरो पर्ने गर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय