Comments Add Comment

मर्चेन्ट बैंकरले अब लगानी परामर्शदाताको काम गर्ने पाउने

२२ पुस, काठमाडौं । लगानी व्यवस्थापन गर्दै आएका मर्चेण्ट बैङ्करले अब लगानी परामर्श सेवाको काम गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको मर्चेण्ट बैङ्कर नियमावली, २०६४ को संशोधन मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ ।

SEBONबोर्डले अन्तिम रुप दिएर अर्थमन्त्रालय पठाएको नियमावलीको मस्यौदा मर्चेन्ट बैंकरको दायरा बढाइएको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मात्र नियमावली कार्यान्वयन हुन्छ ।

नियमावली कार्यान्वयनमा आएपछि सेयर लगानीकर्ताहरुले मर्चेन्ट बैंकरबाटै सल्लाह लिन सक्नेछन । मर्चेन्ट बैंकरले सेयरसँग सम्बन्धित ग्राहकले मागेका परामर्श दिनेछन ।

त्यसैगरी, संशोधन मस्यौदामा मर्चेण्ट बैङ्करले कम्पनीहरू गाभ्ने (मर्जर) र प्राप्ती (एक्वीजिशन) प्रक्रियामा व्यावसायीक परामर्श सेवा पनि दिन पाउने प्रस्ताव गरिएको छ । मर्जर प्रक्रियालाई अझ व्यवस्थित बनाउने उद्देश्यले बोर्डले यस्तो प्रस्ताव गरेको जनाएको छ ।

नियमावलीलाई समयानूकुल बनाउनुपर्ने देखिएकाले पि्रमियममा निष्कासन, पूर्वाधार सङ्गठित संस्थाहरूको धितोपत्र निष्कासन, धितोपत्रको दर्ता, अन्तरराष्ट्रिय वित्तीय संस्थाले निष्कासन गर्ने ऋणपत्र सम्बन्धमा व्यवस्था गरी संशोधन कार्य अघि बढाइएको हो ।

विद्यमान व्यवस्थाअनुसार मर्चेण्ट बैङ्करले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धसम्बन्धी आवश्यक सबै कार्य गर्न पाउँछन् । हाल नेपालमा १४ मर्चेण्ट बैङ्कर सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment