+
+
Shares

चितवनमा फागुनभित्र गाडी दुर्घटनामा ८ को मृत्यु, ३७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १९:१५

५, चैत, चितवन । गएको फागुनमा जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी सात जना पुरुष र एक बालिकाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते भए । २० जना गम्भीर घाइते बने । ३३ दुर्घटना भएकोमा मोटरसाइकल दुर्घटना मात्रैं १४ वटा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चालु आर्थिक बर्षको आठ महिनामा भएका सवारी दुर्घटनामा सबैभन्दा बढी साउनमा २१ जनाले ज्यान गुमाएका थिए । फागुनसम्म भएका दुर्घटनामा ११० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनमा प्रहरीले दुर्घटना न्युनिकरण गर्न विभिन्न उपाय अपनाएको जनाए पनि दुर्घटनामा कमी आउन सकेको छैन । सवारी साधानको थपिदो चापसँगै दुर्घटनाहरु बढेको प्रहरीले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?