१२ माघ काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) इन्टरनेसनल लिजिङ एण्ड फाइनानस कम्पनी (आइएलएफसी), श्रीइभ्नेष्टमेन्ट फाइनान्स र नेपाल एकसप्रेस फाइनान्सको मर्जर प्रक्रिया टुटेको छ ।
बीओकेले मर्जर प्रक्रिया अघि बढ्न नसक्ने आफू प्रक्रियाबाट पछि हटेकामे जानकारी राष्ट्र बैंकलाई गराएसँगै यी संस्थाहरूबीचको मर्जर प्रक्रिया टुटेको हो ।
स्वाप रेसियो, सञ्चालक समिति र कर्मचारी व्यवस्थापनमा विवाद आएपछि मर्जर प्रक्रिया अवरुद्ध भएको हो । यी संस्थाहरुबीच मर्जरको सैद्धान्तिक सहमति भए पनि आवश्यक प्रक्रिया अघि बढ्न नसकेपछि बीओकेले मर्जरबाट बाहिरिने घोषणा गरेको हो ।
सर्वसाधारण सेयरधनीका तर्फबा प्रतिनिधित्व गर्ने बैंक अफ काठमाण्डूका सेयरधनीले मर्जरमा जान नहुने बताउँदै आएका थिए ।
बैंकले २०७१ जेठ २९ गते संस्थाहरूबीच एकअापसमा गाभिने सम्झौता गरेको थियो । संस्थाहरु मर्ज भएका भए नयाँ संस्थाको चुक्ता पुँजी ४ अर्ब ३० करोड रुपैयाँ पुग्ने थियो ।
प्रतिक्रिया 4