Comments Add Comment

यती बैंकको वित्तीय साक्षरता कार्यक्रम

Yeti२३ माघ काठमाडौं । यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरुमा सहकार्य गर्ने क्रममा देशको विभिन्न स्थानहरुमा बैकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ ।

माघ २२ गते देशको बिकट क्षेत्र रुकुमको त्रिभुवन उच्च माध्यमीक बिद्यालयमा कक्षा १२ का करीब २०० भन्दा बढी बिद्यार्थिहरुलाई बैकिङ्ग साक्षरता बारे जानकारी गरायो ।

बैंकका शाखा प्रमुख ईश्वर श्रेष्ठको अग्रसरतामा संचालन गरीएको बैंकिङ्ग साक्षरता कार्यक्रममा बिद्यालयका सहायक प्रधानअध्यापक प्रजीत रावलको साथै शिक्षक शिक्षिका र अन्य स्थानीय प्रतिनिधीहरुको पनि राम्रै सहभागीता रहेको बैंकले जनाएको छ ।

सामाजिक तथा आर्थिक बिकासमा बैंकको महत्व र आवश्यकता बारे बिद्यार्थीहरुलाई जानकारी गराईएको उक्त कार्यक्रममा बैंकले बिभिन्न स्टेसनरीका सामानहरु पनि बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment