+
+

सामाजिक परिसूचकहरुमा ठूलो सुधार भएको अर्थमन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते २०:०४

Finance minister२३ माघ काठमाडौं । नेपाल भ्रमणमा रहेको बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलसँग शुक्रबार अर्थमन्त्रालयमा कुराकानी गर्दै अर्थमन्त्री डा रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन ।

मन्त्री महतले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, उर्जा, सिंचाई लगायतका क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिए । उनले बिगत बर्षहरुको तुलनामा विकासका कामहरुमा तिब्रता आएको र विकास खर्च गत बर्षको तुलनामा ५१ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरे ।

‘अझै पनि विकास निर्माणका कामहरुलाई तीब्र रफ्तारमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । यसका लागि अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुसँग सुसंयोजन गरी कामको समीक्षा गरिरहेको छ ।’ उनले भने ।

विकास सहायता नीतिमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई सरकारको लेखा प्रणालीमा ल्याइएको जानकारी दिए । ‘सानातिना आयोजनाहरु बढी भएको र अनुगमन गर्न झण्झटिलो पनि हुने भएकोले सीमित ठूला आयोजनाहरुमा केन्दि्रत हुन ५० करोडभन्दा बढी रकमका आयोजनाहरुमा मात्र विदेशी सहयोग लिने व्यवस्था गरिएको हो ।’ महतले भने- तर, प्राविधिक सहयोगमा भने यस्तो सीमा रहेको छैन ।’

सो अवसरमा अर्थमन्त्री डा महतले बेलायत ठूलो दाताको रुपमा रहेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग दिन आग्रहसमेत गरे । महतले नेपालको भौगोलिक विविधता तथा अनुकूल हावापानीका कारण कृषिको विकास गर्न सकिने ठूलो संभावना रहेको जानकारी दिए ।

द्वन्द्वका वावजूद पनि नेपालले सामाजिक तथा मानव सूचकहरुमा उल्लेख्य प्रगति हासिल गरेको जानकारी दिदै उनले भने- ‘करिब दुई दशकको अवधिमा औषत आयुमा बृद्धि भै ५४ बर्षबाट ६९ बर्षमा पुगेको छ । मातृ, बाल र शिशु मृत्युदर उल्लेख्य मात्रामा घटेको छ । साक्षरता प्रतिशत बढेको छ । खानेपानीमा पहुँच बढेको छ । यसले महिलाहरुको सशक्तिकरणमा समेत मद्दत पुर्‍याएको छ ।’

बेलायतद्वारा सञ्चालित आयोजनाहरुको समीक्षा गर्न र थप सिफारिसहरु गर्नका लागि सांसद तथा बेलायतको संसद अन्तर्गतको अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्ष माल्कम ब्रुसको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आएको छ । आठ दिनसम्म नेपाल रहँदा प्रतिनिधिमण्डलले बेलायतद्वारा सञ्चालित विभिन्न आयोजनाहरुको अध्ययन भ्रमण पनि गर्नेछ । बेलायतका सांसदहरुको यो समितिले डीएफआईडीद्वारा संसारभर सञ्चालित आयोेजनाहरुको वाचडग बडीको रुपमा रहेको छ ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र बेलायतका संासदहरुको प्रतिनिधिमण्डलका सदस्यहरु, नेपालका लागि बेलायतका राजदूत एण्डी स्पार्क्स तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?