२५ माघ, काठमाडौं । इराकको राजधानी बगदादमा १२ बर्ष लामो कर्फ्यू शनिबार मध्यरातदेखि हटाइएको छ । कर्फ्यू हटेपछि स्थानीयले खुसी मनाइरहेका छन् ।
तत्कालीन राष्ट्रपति सद्दाम हुसेनमाथि आक्रमण भएपछि सन् २००३ देखि राजधानी बगदादमा कर्फ्यू लाग्दै आएको थियो ।
प्रधानमन्त्री हैदर अल अवादीले जनजीवन सामान्य बनोस् भनेर कर्फ्यू हटाइएको बताएका छन् । उनका अनुसार बिभिन्न स्थानका जाँच चौकीहरु पनि हटाइने छ ।
इराकको यस निर्णयबाट विद्रोही इस्लामिक स्टेट विद्रोहीको खतराबाट मुक्त रहेको सन्देश दिन खोजिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
कर्फ्यू हटेकै दिन श्रृङ्खलाबद्ध विष्फोट
१२ बर्ष लामो कर्फ्यू हटेकै दिन शनिबार मध्यराति इराकमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ । झण्डै एक सय जना घाइते भएका छन् ।
पहिलो विष्फोट शिया समुदायको बाहुल्य क्षेत्रमा पर्ने रेष्टुरेन्टमा भएको थियो । एक व्यक्तिले आफ्नो शरिरमा बम जडित बम विष्फोट गराउँदा २२ जनाको मृत्यु भयो भने ५३ जना घाइते भएका छन् ।
शुरजहा बजार क्षेत्रमा भएको दोस्रो विष्फोटमा १२ जनाको मृत्यु भएको थियो । अर्को विष्फोट दक्षिण–पश्चिमी बगदादमा भएको थियो ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4