Comments Add Comment

निर्देशक प्रदीप रिमालको निधन

काठमाडौं । पुराना निर्देशक प्रदीप रिमालको ७७ वर्षको उमेरमा शनिवार अमेरिकामा निधन भएको छ । ४० को दशकको चर्चित चलचित्र ‘के घर के डेरा’ निर्देशक रिमालले ०२५ सालमा बनेको चलचित्र ‘हिजो आज भोली’ मासमेत अभिनय गरेका थिए ।

माईतीघरमा सहायक निर्देशक भएपछि उनको निर्देशन यात्रा सुरु भएको थियो । बि.स. २०२९ सालदेखि शाही नेपाली चलचित्र संस्थानका निर्देशक भएका रिमालले मनको बाँध, कुमारी, सिन्दुर, माया र नेपाल भाषाको शिलु निर्देशन गरेका थिए ।

चलचित्रमा आउनुअघि लोकगीत संकलन गर्दै हिंडेका रिमालले दर्जनौ गीतमा स्वर समेत दिएका छन् । उनले ०२७ सालमा कर्णाली लोकसंस्कृति सम्बन्धि पुस्तकवाट मदन पुरस्कार समेत पाएका थिए ।
उनको जन्म बि.स. १९९४ ललितपुरको लुभुमा भएको थियो । उनले केही बृत्तचित्रको लेखन, निर्देशनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment