मुम्बई । बलिउडकी विवादास्पद नायिका शर्लिन चोपडाको सेक्सी तस्वीर मोबाइल तथा कम्प्युटरमा राख्न होडबाजी हुने गरेको पाइएको छ ।
बेलाबेला बिभिन्न हर्कत गर्दै कहिले पुरै नग्न त कहिले अर्धनग्न तस्वीर खिचाउने यी नायिकाका वालपेपर तस्वीर सबै भन्दा धेरै डाउनलोड हुने गरेका छन् ।
प्लेब्वाई म्यागजिनमा फोटो सुट गराउने पहिलो भारतीय नायिका शर्लिनको वालपेपर अन्य नायिकाको तुलनामा धेरै डाउनलोड भएको विभिन्न भारतीय समाचार संस्थाले जनाएको छ ।
पटक-पटक विवादमा आएकी शर्लिनले सन् २००२ मा पहिलो पटक तेलुगु फिल्ममा अभिनय गरेकी थिईन् । उनले टाईम पास, रेड स्वास्तिक, दोस्ती, गेम लगायतका फिल्ममा काम गरेकी छिन् ।
बोल्ड भुमिकामा प्रस्तुत हुने नायिकाको रुपमा चिनिएकी शर्लिनले पछिल्लो पटक ‘कामसुत्र थ्रीडी’मा अभिनय गरेकी छिन् ।
फिल्मको अतिरिक्त विभिन्न रियालीटी शोमा पनि उनी सहभागी हुने गरेकी छिन् । उनलाई बीगबोस आयोजकले छैटौं श्रृङखलामा कार्यक्रममा सहभागी हुने प्रस्ताब गर्दा बाथरुममा क्यामेरा जडान गर्ने माग गरेकी थिईन् ।
वाथरुममा क्यामेरा राखेर नुहाउँदा आफुलाई रमाईलो लाग्ने उनको भनाइ थियो तर, बिगबोस आयोजकले उनको माग अस्वीकार गरेका थिए ।