Comments Add Comment

म्यूजिक भिडियोका सफल हिरोइन जो ठूलो पर्दामा फ्लप भए

काठमाडौं । धेरै हिरोईनका लागि करिअरको पहिलो खुट्किलो हो, म्युजिक भिडियो । म्युजिक भिडियोवाटै करिअर सुरु गरेर फिचर फिल्ममा जमेका हिरोईनहरु थुप्रै छन् नेपाली फिल्म उद्योगमा । केही यस्ता नायिका छन् जो फिल्ममा जम्न सकेनन् तर, म्युजिक भिडियोमा मज्जाले काम पाइरहेका छन, दाम कमाइरहेका छन् ।

Barsha
वर्षा शिवाकोटी

वर्षा शिवाकोटीः विकास आचार्य निर्देशित ‘नाई नभन्नु ल-२’ मा अभिनय गरेकी थिईन् वर्षा शिवाकोटीले । उक्त फिल्मको ब्यापारिक सफलासँगै वषर्ाको फिल्मी बजार पनि फराकिलो हुने अनुमान गरिएको थियो ।

‘नाई नभन्नु ल-२’ मा काम गर्नुअघि म्युजिक भिडियोमा सक्रिय वर्षा हिट फिल्ममा अभिनय गरेसँगै फिल्ममै काम पाउने अनुमान अन्ततः गलत सावित भयो ।

अहिले पनि उनी म्युजिक भिडियोमै सक्रिय छिन् । धेरै म्युजिक भिडियोमा काम गर्ने मोडलको रुपमा चिनिन्छिन् वर्षा ।

रीमा र वेनिषा
रीमा र वेनिषा

रीमा विश्वकर्माः म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलको निर्देशन रहेको ‘स्वर’ मा काम गर्दाताकै रीमा विश्वकर्माले भनेकी थिईन् ‘अब म फिचर फिल्ममा बढी केन्दि्रत हुन्छु ।’ फिल्ममा केन्दि्रत हुने उनको पनि योजना पनि साकार हुन सकेन ।

स्वरको ब्यापारिक असफलतासँगै उनको ठूलो पर्दाको यात्रामा ठेस लाग्यो । विभिन्न म्युजिक भिडियो र विज्ञापनको मोडलिङमा सक्रिय रीमाको पहिलो प्राथमिकता म्युजिक भिडियो नै बन्ने गरेको छ अहिले । राहदानी लगायत केही फिल्ममा आईटम डान्स समेत गरेकी रीमा पछिल्लो समय आईटम डान्सरका रुपमा रोजाइमा पर्न थालेकि छिन् । फिचर फिल्ममा लिड रोल गर्ने र त्यसकै बलमा स्थापित हुने उनको सपना अझै सपनामै सिमित छ ।

केकी अधिकारीः फिचर फिल्म र म्युजिक भिडियो दुबै विधामा सक्रिय छिन् केकी अधिकारी । एक सयको हाराहारीमा म्युजिक भिडियोमा काम गरेकी केकीले मसान, महसुस्, बितेका पल लगायत केही राम्रा फिल्ममा काम गरेकी छिन् ।

फिल्ममा सक्रियताको साथै म्युजिक भिडियो पनि करिअरको अर्को महत्वपूर्ण माध्यम बनेको छ । अहिले पनि महिनामा ४/५ वटा भिडियोमा काम गरेकै हुन्छिन् । छिटो काम छिटो दाम अनि तुरुन्तै दर्शकको प्रतिक्रिया पाइने भएकाले पनि होला केकीले फिचर फिल्मलाई जत्तिकै महत्व दिएकी छिन म्यूजिक भिडियोलाई ।

keki adakari (3)
केकी अधिकारीः

 

बेनिषा हमालः फिचर फिल्ममा कम र म्युजिक भिडियोमा बढी सक्रिय हुने नायिका हुन् बेनिषा हमाल । म्युजिक भिडियोवाटै करिअर सुरु गरेकी बेनिषा पछिल्लो समय भिडियोमै सक्रिय छन् । महसुस लगायतका आधा दर्जनमा फिल्ममा उपस्थीति त्यति उत्साहजनक रहेन् । त्यसैले पनि बेनिसा अहिले म्यूजिक भिडियोमा सक्रिय छिन् ।

पार्वती राईः लोकगीतको म्युजिक भिडियोमा अत्यधिक सक्रिय मोडलका रुपमा चिनिन्छिन् पार्वती राई । हमजाएगा लगायतक केही फिल्ममा अभिनय गरेपनि फिचर फिल्म उनका लागि करिअरको आधार हुन सकेन ।

पाँच वर्षदेखि मोडलिङमा सक्रिया पार्वती अहिलेसम्म सबै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गर्ने मोडलको रुपमा चिनिन्छिन् । विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा पनि उनको माग उत्तिकै छ ।

susma karki bikini
सुष्मा कार्की

 

सुष्मा कार्कीः फिल्ममा सह-कलाकार भएर प्रवेश गरेकी शुष्मा कार्कीको बजार एकताका निकै तातेको थियो । चलचित्र ‘लुट’ को उध्रेको चोली …बोलको गीतमा आईटम डान्स गरेर चर्चामा आएकी शुष्मा बिन्दास लगायत केही फिल्ममा हट स्वरुपमा प्रस्तुत भईन् । तर, अहिले उनका लागि फिल्मी यात्रा त्यति सहज भएन । त्यसैले पछिल्लो समयमा उनी आफ्नो उत्तेजक हाउभाउ म्यूजिक भिडियोमा देखाउँदै आएकी छिन् । फिल्म निर्देशकले सुष्मालाई नपत्याएपनि म्यूजिक भिडियो निर्देकहरुको रोजाईमा पर्छिन् उनी ।

शशी खड्काः लोकगीत म्यूजिक भिडियोवाटै करिअर सुरु गरेकी शशी खड्काले पनि फिल्मी करिअर बनाउने प्रयाश नगरेकी हैनन् । पल पलमा, किनकिन चन्द्रावति जस्ता फिल्ममा काम गरे पनि उनले निर्माता, निर्देशक र दर्शकलाई प्रभावित गर्न सकिनन् । तर, उनको प्रभाव सानो पर्दाका दर्शकमाझ भने जर्बजस्त छ । त्यसैले त उनले अहिले पनि म्यूजिक भिडियोको उर्वर आधारभूमीलाई छाडेकी छैनन् ।

म्यूजिक भिडियोमा स्थापित अर्की कलाकार शिल्पा पोखरेल यतिबेला ठूलो पर्दामा जम्ने कोसिसमा छिन् । निर्माता छवि ओझाले पत्याएकी शिल्पाको ब्यस्तता बढ्दो छ । तर, उनले ठूलो पर्दाका दर्शकलाई मोहित पार्न सक्छिन वा सक्दिनन्, त्यसले उनको ठूलो पर्दाको यात्रा निश्चित गर्ने छ ।

म्यूजिक भिडियो र मोडलिङबाटै ठूलो पर्दामा फड्को मारेका नम्रता श्रेष्ठ र ऋचा शर्मा औसतरुपमा सफल मानिन्छन् । तर, उनीहरुले पनि म्युजिक भिडियोलाई छाडेका छैनन, अहिले पनि उनीहरुलाई सानो पर्दामा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment