Comments Add Comment

बन्दुक बोक्ने, फूल नबोक्ने नायक

nepali-Film-Killa
२ दर्जन चलचित्रमा अभिनय गरेतापनि दर्शकको नजरमा नपरेका कलाकार हुन्, सुभाष मेचे । उनले अभियन गरेका अधिकांश चलचित्रमा उनी एक्सन नायकको रुपमा देखिए । उनै सुभाष अब चलचित्र ‘किल्ला’ मार्फत आफूलाई चिनाउने दाउमा छन् ।

उनले आफूलाई एक्सन नायकको रुपमा चिनाउन चाहेको बताएका छन् । उनले आफू नायिकाको प्रेमी भएर चलचित्रको पर्दामा नदेखिने बताएका छन् ।

चलचित्र ‘किल्ला’ मार्फत निर्माता समेत भएका मेचेले भने-‘म एक्सन नायक हुँ, म पर्दामा बन्दुक बोक्छु, गुलाफको  फूल होइन ।’ उनले चलचित्रमा नायिका सुरबी जैनसँग भने रोमान्स गरेका छन् । हिमाल केसीले निर्देशन गरेको यो चलचित्र फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment