Comments Add Comment

रीमाको पछि-पछि ३ यूवक, बिहे कोसँग ?(भिडियो)

reema-and-prasanna
गायक समिर आचार्यले नयाँ गीतको भिडियो  सार्वजनिक गरेका छन् । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको गीतमा राजनराज सिवाकोटीले शब्द तथा संगीत भरेका छन् ।

गायक आचार्यले यो कुनै एल्बममा समावेश गीत नभएको बताए । आफूले एउटा गीत मात्र रेकर्ड गराएर भिडियो तयार पारेको समिरको भनाई छ ।

भिडियोको निर्देशक प्रसन्न पौडेलले गरेका हुन् । भिडियोमा रिमा विश्वकर्माको  साथमा किरण ल्याकुल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाको मोडलिङ छ । ३ यूवक र एक यूवतीको कथालाई निर्देशक पौडेलले रोचक तबरले प्रस्तुत गरेका छन् । video-shooting

भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । गायक आचार्यले यसअघि २ एल्बम बजारमा ल्याइसकेका छन् । उनी ७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment