Comments Add Comment

आयो ‘होस्टेल रिटर्न्स’ गीत, जान्नुहोस् के छ नयाँ (भिडियो)

hostel-returns
वहुप्रतिक्षित चलचित्र ‘होस्टेल रिटर्न्स’को पहिलो गीत सार्वजनिक गरिएको छ । हालसम्म कुनै पनि दृश्य सामाग्री सार्वजनिक नगरिएको यो चलचित्रको ट्रेलर अगावै गीत सार्वजनिक भएको हो ।

यो  गीतमा चलचित्रका सम्पूर्ण कलाकारलाई फिचरिङ गरिएको छ । ‘मुसुक्क हाँस्ने तिम्रो बानीले’ बोलको गीतमा स्वप्निल शर्मा र श्रेया सोताङले आवाज दिएका छन् ।

यो गीतमा संगीत र शब्द स्वप्निल शर्माकै छ । सुरज भुषालको निर्देशनमा तयार भएको चलचित्रलाई सुनिल रावलले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण गरेका हुन् । चलचित्रमा हरी हुमागाँइको छायांकन, सुरेन्द्र पौडेलको छायांकन छ ।

नृत्य निर्देशक गोविन्द राइले यो गीतको भिडियोलाई सामान्य तर आकर्षक बनाउने कोशिश गरेका छन् । ४ यूवक र २ यूवकको एक अर्काप्रतिको प्रेम भावलाई आकर्षक तबरले प्रस्तुत गरिएको छ । चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment