Comments Add Comment

नीतालाई आमेषको परिवारको साथ

nita-dhungana
नायिका नीता ढुंगाना अहिले प्रेमी आमेष भण्डारीको प्रेममा मस्त छिन् । उनीहरुको प्रेम गजबैसँग फष्टाएको छ । आमेष र नीता अहिले हरेक कार्यक्रममा एकसाथ देखिन्छन् ।

नीता र आमेषले बिहे पनि गर्ने बताउँदै आएका छन् । सोमबार बेलुका आयोजना गरिएको चलचित्र ‘भुल भूलैया’को प्रिमियरमा नायिका ढुंगाना आकर्षक भएर पुगिन् । उनले लगाएको पहिरनको तारिफ पनि खुबै भयो ।

तर, रोचक कुरा के पनि देखियो भने नीतालाई साथ दिनका लागि आमेष मात्र होइन उनको परिवार पनि पुगेका थिए । आमेषले आफ्ना पितालाई सबैसँग परिचय गराएका थिए । साथमा आमेषका अन्य परिवार पनि प्रिमियरमा देखिए ।nita-and-aamesh

नीता र आमेषको सम्बन्ध कती नजिक छ र उनीहरुको भविष्यको योजना कहाँसम्म छ भन्ने वुझ्न गाह्रो पर्दैनथ्यो । नेपाली चलचित्रका कलाकारले प्रेमलाई अचेल खुल्ला रुपमा लिन थालेका छन् । नीता र आमेषको प्रेम पनि खुल्ला रुपमा फष्टाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment