Comments Add Comment

एमाले नेताहरुको गुनासो-अनसनलाई पार्टी विरुद्ध प्रयोग गरियो

१७ चैत, काठमाडौं । एमाले नेताहरुले डा. गोविन्द केसीको अनसनलाई एमाले पार्टीको विरुद्ध प्रयोग गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा मंगलबार आयोजित एक कार्यक्रममा एमालेका दोस्रो तहका नेताहरुले केसीको अनसनलाई एमालेको बिरोधमा प्रयोग गरिएकोमा दुःख व्यक्त गरे ।

Prithvi-Subba,-Pradip-Gewal

प्रचार बिभाग प्रमुखका कार्यभार प्रदीप ज्ञवालीबाट योगेश भट्टराईमा हस्तान्तरण गर्ने कार्यक्रममा पार्टीका सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, ज्ञवाली र भट्टराईले एमाले विरुद्ध बेला-बेलामा मिडियाबाट विभिन्न नियतले नकारात्मक प्रचार हुने गरेको बताए ।

सन्चारगृहका लगानीकर्ताको स्वार्थ र सम्पादकीय नीतिबाट बेला बेलामा एमालेमाथि नियतवश प्रहार हुने गरेको नेताहरुले बताए ।

‘गोविन्द केसीको अनसन प्रकरणमा एमालेलाई जबर्जस्ति घिसार्ने र लान्छित गर्ने प्रयास भइरहेको छ, यसमा मिडियाका सम्पादक तहका मान्छेहरु नै लागेका छन्,’ सचिव ज्ञवालीले भने, ‘अनसनलाई एमाले विरुद्ध प्रयोग गर्न खोजिएको छ ।’

उनले मेडिकल कलेजहरुलाई सम्बन्ध दिने निकायमा एमाले नभएको र सम्बन्ध दिने मन्त्रालय पनि एमालेको हातमा नरहेको भन्दै अनावश्यक रुपमा एमाले विरुद्ध माहौल बनाउन खोजिएको बताए ।

एमालेका अर्का सचिव गुरुङले पनि एमालेको सही नीति, सही बिचार र उत्कृष्ट संगठन हुँदा हुँदै पनि यस्तै गलत प्रचारहरुलाई चिर्न प्रभावकारी प्रचार नीति बनाउनुपर्ने बताए ।

प्रचार बिभाग प्रमुख तथा सचिव भट्टराईले आफ्नो कार्यकालमा पत्रकार जगतसँग राम्रो समन्वय गरी पार्टीका बिचार र कार्यक्रम जनतासम्म पुर्‍याउन उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment