Comments Add Comment

प्रदेश ५ लाई मगरात-थरुहट नामाकरण गर्न माग गर्दै बुटवलमा प्रदर्शन

१५ चैत, बुटवल । प्रदेश ५ लाई मगरात-थरुहट नामाकरण गर्न माग गर्दै बुटवलमा बृहत प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदले प्रदर्शन गरेको हो ।

प्रदेश ५ मगर र थारुको ऐतिहासिक थातथलो भएको र प्रदेशको जनसंख्या करिब दुई तिहाई मगर र थारुको रहेकाले प्रदेशको नाम मगरात थरुहट राख्नुपर्ने भन्दै सरोकारवालालाई दवाव दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ ।

बुटवलको राजमार्गबाट सुरु भएको प्रदर्शनमा विशेषगरी मगर र थारु समुदायको उल्लेख्य उपस्थिति छ । जातीय पहिरनमा प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍याली मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने महासंघका प्रदेश समन्वय परिषदका सचिव मनोज रानाले जानकारी दिए ।

सभालाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रीय अध्यक्ष जगत बराम,नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि बिहीबार नै संयुक्त मगर मञ्च नेपालले पनि प्रदेश ५ को नाम ‘मगरात-थरुहट’ हुनुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँट समितिको प्रतिवेदनले पनि पहिचानका पाँच र सामर्थ्यका चार आधार बमोजिम प्रदेशको ।

नामाकरण गर्न निर्देशन दिएकाले पनि मगरात थरुहट हुनुपर्ने तर्क तथ्यसंगत रहेको महासंघले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment