Comments Add Comment

‘क्यूट’ मलिका

सानैबाट अभिनयमा रुची भएतापनि नव–नायिका मलिका महत्तलाई यति चाडै नायिका बन्छु भन्ने लागेको थिएन । तर, चलचित्र ‘यात्रा’ले उनको करिअरमा नयाँ यात्राको सुरुवात गरिदिएको छ । मलिका नेपाली चलचित्र क्षेत्रमा भित्रिएसँगै उनलाई ‘क्यूट हिरोइन’ भन्नेहरु पनि धेरै छन् । उनी आफूले नै आफूलाई यसरी मुल्यांकन भने नगर्ने बताउँछिन् ।

चलचित्रमा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । मलिका आफूलाई यो भूमिकामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तयार भएको सुनाउँछिन् ।

चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतले सर्वाधिक गाली पाउँदा उनलाई चित्त भने दुखेको रहेछ । उनले, आफूलाई यती धेरै आलोचना हुन्छ भन्ने नलागेको पनि स्पष्ट पारिन् । चैत्र २९ गतेबाट रिलिज हुने चलचित्रको व्यापारले आफ्नो करिअरमा नयाँ बाटो कोरिदिने विश्वास उनको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment