Comments Add Comment

८५ वर्षभित्रमा इसाइलाई मुस्लिमले जित्ने

03POLLweb-master675विश्वमा अहिले सबैभन्दा धेरै मानिसहरुले अबलम्बन गरेको धर्म क्रिस्चियन अर्थात् इशाइ धर्म हो । संख्याका हिसाबमा मुस्लिम धर्मावलम्बीहरु दोश्रो स्थानमा रहेका छन् । तर मुस्लिमहरुको संख्या यति तिब्र गतिमा बढ्दैछ की सन् २१०० सम्ममा धर्मावलम्बीको संख्याका हिसाबले इस्लाम धर्म पहिलो नम्बरमा आउनेछ ।

पिउ रिसर्च सेन्टरले गरेको पछिल्लो अध्ययनले सन् २०७० सम्ममा इस्लाम र क्रिस्चियन धर्मावलम्बीको संख्या बराबर हुनेछ ।

‘दी फ्युचर अफ वल्र्ड रिलिजन्स :  पपुलेसन ग्रोथ प्रोजेक्सन, २०१०-२०५०’ शीर्षकको प्रतिवेदन अनुसार भविष्यमा विश्वको धार्मिक अवस्था झनै चलायमान हुनेछ । रिपोर्टका अनुसार धार्मिक चलायमानताको कारण धार्मिक समूहहरुले धर्मनिरपेक्ष मानिसहरुको मन जितेर होइन की अहिले धर्ममा आबद्ध मानिसहरु कम उमेरका रहेका हुँदा उनीहरुले जन्माउने बच्चाबच्चीको संख्या धर्मनिरपेक्ष मानिसको भन्दा बढि हुने भएकाले हो ।

प्रतिवेदनका अनुसार यो जनसांख्यिक पक्षलाई हेर्दा विश्वमा इस्लाम धर्मावलम्बीको संख्या उच्च दरमा बढ्ने देखिएको छ । विश्वमा अहिलेको जनसंख्यालाई हेर्दा अन्य धर्मावलम्बी भन्दा मुस्लिम धर्मावलम्बी युवायुवतीहरुको संख्या बढि छ र मुस्लिम धर्मावलम्बीहरुमा प्रजनन दर पनि उच्च छ ।

क्रिस्चियानिटीले अमेरिकामा सबैभन्दा ठूलो क्षति बेहोर्ने देखिएको छ । अमेरिकामा धर्मनिरपेक्षताको विस्तारले निरन्तरता पाउने प्रतिवेदनले प्रक्षेपण गरेको छ । सन् २०५० सम्ममा अमेरिकामा आफुलाई कुनै पनि धर्मसँग आबद्ध नगराउने मानिसको संख्या त्यहाँको कुल जनसंख्याको एक चौथाइ पुग्नेछ जुन सन् २०१० मा केवल १६ प्रतिशत रहेको छ । सन् २०५० सम्ममा अमेरिकामा क्रिस्चियन धर्मावलम्बीहरुको संख्या कुल जनसंख्याको ६६ प्रतिशतमा झर्नेछ । जुन सन् २०१० मा ७८ प्रतिशत थियो ।

रिपोर्ट अनुसार सन् २०३५ सम्ममा अमेरिकामा मुस्लिमहरुको संख्या यहुदी धर्मावलम्बीको भन्दा बढि हुनेछ, यद्यपि यी दुबै धार्मिक समुदायको हिस्सा अमेरिकामा निकै न्यून रहेको छ ।
सन् २०१० देखि २०५० सम्मको ४० वर्षको अवधिमा युरोपमा मुस्लिमको संख्या ६ प्रतिशतबाट १० प्रतिशतमा पुग्नेछ ।

विश्वका विभिन्न देशका झण्डै २५ सयवटा जनगणना, सर्भे तथा जनसंख्या दर्ताको विश्लेषण गरी पिउ रिसर्च सेन्टरले धार्मिक जनसंख्या सम्बन्धमा रिपोर्ट तयार पारेको हो ।

अध्ययन अनुसार जनसांख्यिक हिसाबले सबैभन्दा ठूलो अनिश्चितता विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको देश चीनमा हुनेछ । चीनमा धार्मिक हिसाबमा जनसांख्यिक आबद्धताको विश्वासिलो तथा आधिकारिक सरकारी तथ्यांकको अभावमा यस्तो अनिश्चितता देखिने विश्लेषण गरिएको हो । सन् २०१० मा चीनमा कुल जनसंख्याको ५ प्रतिशत इसाइ, १८ प्रतिशत बुद्धिष्ट तथा २२ प्रतिशत स्थानीय धर्म अबलम्बन गर्ने रहेकोमा ५० प्रतिशत कुनैपनि धर्मप्रति आबद्ध छैनन् । कुनै धर्ममा आबद्ध नभएका आधा चिनिया जनसंख्या क्रिस्चियन धर्ममा आबद्ध भएभने विश्वभरकै धार्मिक जनसांखिकीमा परिवर्तन आउने विश्लेषकहरुको भनाइ छ ।

रिपोर्ट अनुसार क्रिस्चियन भनेको पश्चिमा गोराहरुको धर्ममात्र हो भन्ने मानसिकतामा पनि परिवर्तन आइरहेको छ र इसाइ धर्म अफ्रिका, एसिया तथा दक्षिण अमेरिकामा विस्तार भैरहेको छ । अहिले पनि विश्वका क्रिस्चियन धर्माबलम्बीको २५ प्रतिशत मानिस सब सहारा अफ्रिका क्षेत्रमा बसोबास गर्छन् । सन् २०५० सम्ममा सब सहारा क्षेत्रमा विश्वमा इसाइ धर्मावलम्बीको ४० प्रतिशत जनसंख्या पुग्नेछन् ।

तथापि उच्च प्रजनन दर तथा अहिलेको उमेरगत जनसांख्यिक अवस्थाका कारणले गर्दा मुस्लिम धर्मावलम्बीहरुको सन्तानोत्पादन क्रिया तिब्र हुने र यो सताब्दीको अन्त्य सम्ममा विश्वमा मुस्लिमको जनसंख्या इसाइको भन्दा बढि हुने रिपोर्टको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment