२२ चैत, वीरगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रौतहटको गौरवासीका माग सम्वोधन नगरिए मधेसमा अर्को विद्रोह सुरु हुने चेतावनी दिएका छन् ।

गौर घटनाको आगो मधेसमा फैलदै गएको भन्दै उनले यसलाई छिटो सम्वोधन नगरे त्यसबाट असहज परिस्थिति उत्पन्न हुने चेतावनी दिए ।
आइतबार पर्साको वीरगन्जमा पत्रकारहरुसँग कुरा गर्दै महतोले गौरवासीको समस्या छिटो सम्वोधन नगरे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मा वर्तमान सरकारले लिनुपर्ने बताए ।
सेवाकेन्द्र विस्तारको विषयलाई लिएर गौरवासीले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको उनले बताए । शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने र कर्फ्यु लगाउने सरकारको कदम निन्दनीय र दुर्भाग्यपूर्ण रहेको उनले बताए । उनले आन्दोलनमा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च र मृतकलाई सहिद घोषणा गर्न मागसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4