Comments Add Comment

‘पवनकली’ले राजेशलाई सोधिन्-‘मलाई छाडेर मधुलाई किन रोज्नुभयो’?

%</p

कलाकार लुनिभा तुलाधरपछि कान्तिपुर टेलिभिजनमा ‘द पवनकली शो’ चलाएकी थिइन्, माम्पी घोषले । अहिले उनी अमेरिका पुगेकी छिन् । अमेरिकामा बसोबास गर्दै आएकी माम्पीले कार्यक्रम संचालन गर्दा नै नायक राजेश हमालसँग बिहे गर्ने कुरा गर्थिन् ।

उनको मनमा अहिले पनि राजेश हमालप्रतिको माया घटेको छैन । नायक राजेश हमाल अमेरिका पुगेको समयमा हालै मात्र उनले एक लामो कुराकानी गरेकी छिन् । माम्पीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार कुराकानीमा उनले हमालसँग यस्तै रोमाञ्चककारी कुरा गरेकी छिन् ।

माम्पीले राजेशसँगको पहिलो भेटबाट(सन् २०१०) कुराकानी सुरु गरेको जनाएकी छिन् । विकास राज न्यौपानेको आग्रहमा राजेशसँग कुरा गरेको माम्पीको भनाई छ । कुराकानीका क्रममा माम्पीले सोधेकी छिन्-‘मलाई छाडेर मधुसँग बिहे गर्न तपाइलाई कुन कुराले प्रेरित गर्‍यो ?’

यो रमाइलो कुराकानीलाई चाडै नै सार्वजनिक गर्ने उनको भनाई छ । माम्पीले हमाललाई सोधेकी छिन्-‘के तपाई अझै मलाई प्रेम गर्नुहुन्छ ?’ हमालले पनि आफूलाई निक्कै रमाइलो तबरले प्रस्तुत गररे जवाफ दिएका छन् ।

हमालले कार्यक्रमको दौरानमा ‘मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ’ बोलको गीत पनि गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment