Comments Add Comment

आर्यन र नम्रताको फिल्म हलिउडमा

aryan-namrata

काडमाडौं । आर्यन सिग्देल र नम्रता श्रेष्ठले मुख्य भुमिका निर्वाह गरेको सर्ट फिल्म ‘होक्से’ अमेरिकाको सिकागोमा हुने ‘सिकागो फिल्म फेस्टिवल’मा प्रर्दशनका लागि छानिएको छ ।

लस एन्जल्समा हुने प्रतिस्पर्धात्मक फिल्म फेष्टिवलमा ४८ फिल्म छानिएका छन् ।

‘होक्से’ एउटा त्यस्तो गाउँको कथा हो, जहाँका मान्छेहरु गरिवीका कारण मृगौला वेच्न वाध्य छन् । जमीनमा रातो माटो भएकाले मकै बाहेक अन्य उत्पादन नहुने भएकाले होक्से गाउँका मानिसहरु घर चलाउन आफ्नै मृगौला वेच्न विवस छन् । काभ्रेको होक्से गाविसको यही सत्य घटनामा आधारित रहेर फिल्म बनाएका छन् निर्देशक प्रशन्न पौडेलले ।

होक्सेको एउटा विपन्न परिवारको प्रेमकथालाई केन्द्रित गर्दै निर्माण गरिएको चलचित्रमा आर्यन, नम्रता, प्रेम बानियाँ र मधु न्यौरेले अभिनय गरेका छन् । नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment