Comments Add Comment

खोजी र उद्धारमा लाग : बान कि मुन

७ वैशाख, संयुक्त राष्ट्रसंघ। लिबिया नजिकको सामुद्रिक क्षेत्रमा गत शनिबार डुबेको जहाजमा परेका यात्रुहरुको ब्यापक खोजी र उद्धारका लागि शक्तिशाली संयुक्त प्रयास र क्षमताबृद्धि गर्न संयुक्त राष्ट्र सङघीय महासचिव बान कि मुनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

ban ki moonअबैध रुपमा इटाली हु्ँदै युरोप प्रवेश गर्न खोज्ने सातसय भन्दा बढी आप्रबासी तथा शरणार्थीहरु सामुद्रिक माछा मार्न प्रयोग हुने एउटा डुङ्गा (ट्रलर) मा चढी यात्रा गरि रहेकामा खचाखच भरिएको उक्त डुङ्गा शनिबार राति इटालीको सिसिलि नगर भन्दा दक्षिणमा पर्ने भूमध्य सागरमा डुब्दा सातसय जना हराइरहेका र ती सबै मरेका आशंका गरिएको थियो ।

संयुक्त राष्ट्र सङ्घीय महासचिवका प्रवक्ताद्वारा प्रकाशित एक विज्ञप्तिमा ‘यस दुर्घटनाबाट महासचिव बान कि मुनलाई गहिरो चोट र चिन्ता पुगेको’ भनी जनाइएको छ ।

गत हप्ता पनि यस्तै दुर्घटना हुँदा अरु सयौं मानिसको मृत्यु भएको आशङ्का भै रहेको आलो घाउ सुक्न नपाउंदै यस पटक पनि ठूलो दुर्घटना हुन पुगेकाले महासचिवलाई चिन्ता थपिएको भनी सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भूमध्य सागरमा बारम्बार भै रहेका यी दृुःखान्तका शृखलाले ‘शक्तिशाली संयुक्त प्रयास र उद्धार क्षमताबृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई घचघच्याई रहेकोे’ भनी सो विज्ञप्तिमा थप जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment