Comments Add Comment

न्युजिल्याण्डकी प्रधानमन्त्रीको संसदमा भावुक संबोधन : आक्रमणकारीको नामै लिन्न

५ चैत, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले क्राइस्टचर्चको मस्जिद आक्रमणका बन्दुकधारीको नाम कहिल्यै उच्चारण नगर्ने बताएकी छन् ।

‘उसले आफ्नो आतंकवादी क्रियाकलापबाट धेरै थोक गर्ने प्रयास गर्‍यो, त्यसमा एक हो बदनामी– त्यसैले म उसको नाम उच्चारण गर्ने छैन’ उनले न्युजिल्याण्डको संसदमा दिएको भावुक मन्तव्यको क्रममा भनिन् ।

गत शुक्रबार न्युजिल्याण्डको दुई मस्जिदमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । २८ वर्षका ब्रेन्टन टारेन्टमाथि आक्रमणको आरोप लागेको छ ।

मंगलबार संसदको विशेष बैठक मुसलमान समुदायको अभिवादनको शब्द ए सलाम आलेकुमबाट सुरु गरेकी थिइन् ।

प्रधानमन्त्रीले सांसदहरुलाई आक्रमणकारीले कानूनको अधिकतम प्रयोगको सामना गर्नुपर्ने बताइन् । उनले सम्पूर्ण देशवासीलाई मुसलमान समुदायप्रति समवेदना व्यक्त गर्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री आर्डेनले घोषणा गरिसकेकी छन् कि हतियारसम्बन्धी कानूनमा पुनर्संरचना हुँदैछ र यसको विस्तृत जानकारी केही दिनमा हुनेछ । बन्दुकधारीले क्राइस्टचर्च आक्रमणको फेसबुकमार्फत लाइभ गरेको केहीबेरपछि उनले सामाजिक सञ्जालमार्फत आतंकवादविरुद्ध संघर्ष गर्न अपिल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment