Comments Add Comment

भूकम्पपछि १ हजार युरोपेली पर्यटक सम्पर्कविहीन

turist

१९ वैशाख, काठमाडौं । गत साता आएको विनाशकारी भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका छन् ।

विनाशकारी भूकम्पमा परी ६ हजार बढीको मृत्यु भएको छ भने झण्डै १४ हजार घाइते भएका छन् । जसमा १२ जना युरोपेली संघमा आवद्ध देशका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ ।

नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिङकले अहिलेसम्म युरोपली संघका १ हजार नागरिकबारे कुनै जानकारी नरहेको बताए ।
अधिकारीहरुका अनुसार सम्पर्कविहीन हुनेमा अधिकांंश सर्वोच्च शिखर सगरमाथासहितका हिमाली क्षेत्रको ट्रेकिङमा गएकाहरु छन् ।

भूकम्पपछि त्यहाँका कयौं क्षेत्र सम्पर्कविहीन भएको छ र हराइरहेका आफ्ना नागरिक त्यहाँ फसेका हुन सक्ने अधिकारीहरुको आशंका छ ।
युरोपेली संघका देशका नागरिकहरुले नेपाल आएपछि आफ्नो दूतबासमा जानकारी गराउँदैनन् । यसले खोजीमा समस्या हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment