+
+

९० सालको भूकम्पमा सय रुपैयाँ राहत, विदेशबाट राहत आएको थिएन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २१ गते ७:३४

dharahara (4)

२१ वैशाख, काठमाडौ । ९० सालमा पनि नेपालमा विनाशकारी महाभूकम्प आएको थियो । उक्त भूकम्पका पीडितलाई तत्कालिन प्रधानमन्त्री जुद्धशमसेरले एक सय रुपैयाँका दरले राहत उपलब्ध गराएका थिए । अहिले वैशाख १२ गते पनि हजारौंको ज्यान जाने गरी भूकम्प आयो ।

मकवानपुरको नामटारमा १९७६ सालमा जन्मिएका चिरञ्जीवी आचार्यले नयाँ पत्रिकासँगको कुराकानीमा ९० सालको भूकम्पको स्मरण गर्दै तत्कालिन प्रधानमन्त्री जुद्धशमसेरले गाउँका मुखियालाई जिम्मा लगाएर भूकम्पपीडितलाई एक सय रुपैयाँका दरले राहत बाँडेको बताए ।

९० सालको ८.४ रेक्टर स्केलको भूकम्पबाट धेरै धनजन र मानवीय क्षति ब्यहोर्नु परेको थियो । १९९० साल माघ २ गते सोमवारको दिन दिउँसो २ बजेतिर आएको उक्त भूकम्पअघि नै कुनै न कुनै विपत्ति आइलाग्ने भविष्यवाणी विभिन्न ज्योतिषहरुले गरेको पनि आचार्यले स्मरण गरे ।
९० सालको भूकम्पमा करिब ८ हजार मानिसको मृत्यु भएको थियो । सरकारले सवै पीडितलाई राहत उपलब्ध गराएको थियो तर अहिले जस्तो विदेशबाट राहत नआएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?