Comments Add Comment

झापाका माओवादी सिन्धुपाल्चोकमा, मधेसीहरु पहाड चढ्दै

५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले झापा, मोरङ र सुनसरीका कार्यकर्तालाई कोदालो बोकेर सिन्धुपाल्चोक जान सर्कुलर गरेको छ ।

भूकम्प पीडितहरुका लागि स्वयंसेवकको भूमिका खेल्न एमाओवादीले तराई मधेसका आफ्ना कार्यकर्तालाई पहाडमा खटाउने निर्णय गरेको हो ।

एमाओवादीले गरेको सर्कुलर अनुसार झापा, मोरङ, सुनसरी, रोल्पा, बाग्लुङ जिल्लाका जिल्ला समिति सदस्यहरु प्रचण्डको नेतृत्वमा सिन्धुपाल्चोकमा खटिने छन् । भेरी कर्णाली राज्य समिति अन्तरगतका जिल्ला समितिका नेताहरु पनि प्रचण्डकै नेतृत्वमा सिन्धुपाल्चोकमा खटिने छन् ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका कार्यकर्ताहरु बाबुराम भट्टराईको नेतृत्वमा गोरखा जिल्लामा खटिने छन् भने बारा, पर्सा र रौतहटका जिल्ला नेताहरु नारायणकाजी श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लामा खटिने छन् ।

जेठ ८ देखि १५ गतेसम्म खटिने स्वयं सेवकहरुले विद्यालय र व्यक्तिका घरहरु पुनर्निर्माण गर्नुका साथै बाटो, खानेपानी र कुलोसमेत बनाइदिनेछ ।

एमाओवादीद्वारा जारी सर्कुलर अनुसार काठमाडौंमा कृष्णबहादुर महराले पुनर्निर्माणको नेतृत्व गर्नेछन् भने धादिङमा रुकुम र सल्यानका कार्यकर्ताहरु परिचालन गरिने छन् ।

नवलपरासी, रुपन्देही र नवलपरासीका एमाओवादी कार्यकर्ताहरुले नुवाकोट पुगेर गिरीराजमणि पोखरेलको नेतृत्वमा पुनर्निर्माणमा सहभागिता जनाउने छन् ।

त्यस्तै सिन्धुलीका हरिबोल गजुरेल, रसुवाका नवराज सुवेदी र ललितपुरमा शक्ति बस्नेतले स्वयंसेवाको नेतृत्व गर्नेछन् ।

एमाओवादीका नेता को कहाँ ?

maobadi re construction

maobadi re construction_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment