Comments Add Comment

भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय नाघ्यो

Barpak-earthquake-center-of-nepal

२० जेठ, काठमाडौं । गत वैशाख १२ र २९ गतेको भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय नाघेको छ । बुधबार विहान ११ बजेसम्मको विवतरण अनुसार भूकम्प मृत्यु हुनेको संख्या ८ हजार ७०२ छ ।

मृतक ८ हजार ६७७ जनाको शव आफन्तलाई बुझाइ सकिएको प्रहरीले जनाएको छ । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७२९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४५८, पश्चिम क्षेत्रमा ४५५ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

भूकम्पमा २२ हजार ४९३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा उपत्यकामा १३ हजार १७, पूर्वक्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७ हजार ७४४, पश्चिम क्षेत्रमा १ हजार २४२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा २ जना रहेका छन् । घाइतेमध्ये ४५८८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

हालसम्म १८९ जना नेपाली नागरिक र ८० जना विदेशी नागरिक बेपत्ता छन् ।

विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी ४ लाख ६९ हजार ५३९ भौतिक संरचनामा क्षति पुगेको छ । काठमाडौं उपत्यकामा ६७ हजार १८८ भौतिक संरचनामा क्षतिग्रस्त भएका छन् । यसैगरी पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २ लाख ८६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३२६, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूरपश्चिम क्षेत्रमा १४८ भौतिक संरचनामा क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment